१८ असार २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित विमानस्थलबाट कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला २०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

इतिहास पढ्ने मात्र होइन, रच्ने विषय पनि हो– रवि लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इतिहास पढ्ने मात्र नभई रच्ने विषय पनि भएको बताउनुभएको छ ।

पार्टी स्थापना दिवसका दिन आज उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्थापनाको छोटो समयमै पार्टीले इतिहास रचेको संकेत गर्दै भन्नुभएको छ, “‘होइन, छैन, सकिँदैन’ मात्र होइन ‘हो, छ र सकिन्छ’ भन्दै अघि बढ्नुपर्छ ।”

उहाँले पार्टी गठन भएको आलोचनातर्फ इंगित गर्दै भन्नुभएको छ, “आलोचना त कालिकोटमा अस्पताल बनाउँदा पनि हुन्थ्यो, कोभिडमा अक्सिजन खोज्दा पनि हुन्थ्यो। अल्मलिने हजार बहाना हुँदा, अघि बढ्ने लाख बाटो भेटिन्छन्। के छान्ने आफनो हातमा हुन्छ।”

सभापति लामिछानेले रास्वपा एक वर्षको हुँदा हिजोको जग खडा गर्ने सिधाकुरा टिमका साथी, News 24 र Galaxy टेलिभिजनलाई सम्झनु भएको छ । साथै ‘अघि बढी रहु, म साथमा छु’ भनेर घरबाटै हिम्मत दिने अर्धाङ्गीनी निकिता पौडेल लामिछाने लाई सम्झनु भएको छ ।

पार्टीप्रति ऐक्यबद्धता जनाउन आग्रह गर्दै भन्नुभएको छ, “आज ७ गते, साँझ ७ बजे, ७ प्रदेश, ७७ जिल्लामा ७७ पटक, एक्यबद्धताका लागि घण्टी बजाऔँ ।”

https://www.facebook.com/rabi.nikitalamichhane/posts/3433602170185264?ref=embed_post