२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले बुझाए पार्टी कार्यालयमा फरक मतसहितको अवधारणापत्र एनपिएलमा यस्तो छ खेलाडीहरुको प्रदर्शन सिंहदरबारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबिच छलफल शुरु– तस्बिरहरु सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी एमाले महाधिवेशनको तयारी तीव्र ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इतिहास पढ्ने मात्र होइन, रच्ने विषय पनि हो– रवि लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इतिहास पढ्ने मात्र नभई रच्ने विषय पनि भएको बताउनुभएको छ ।

पार्टी स्थापना दिवसका दिन आज उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्थापनाको छोटो समयमै पार्टीले इतिहास रचेको संकेत गर्दै भन्नुभएको छ, “‘होइन, छैन, सकिँदैन’ मात्र होइन ‘हो, छ र सकिन्छ’ भन्दै अघि बढ्नुपर्छ ।”

उहाँले पार्टी गठन भएको आलोचनातर्फ इंगित गर्दै भन्नुभएको छ, “आलोचना त कालिकोटमा अस्पताल बनाउँदा पनि हुन्थ्यो, कोभिडमा अक्सिजन खोज्दा पनि हुन्थ्यो। अल्मलिने हजार बहाना हुँदा, अघि बढ्ने लाख बाटो भेटिन्छन्। के छान्ने आफनो हातमा हुन्छ।”

सभापति लामिछानेले रास्वपा एक वर्षको हुँदा हिजोको जग खडा गर्ने सिधाकुरा टिमका साथी, News 24 र Galaxy टेलिभिजनलाई सम्झनु भएको छ । साथै ‘अघि बढी रहु, म साथमा छु’ भनेर घरबाटै हिम्मत दिने अर्धाङ्गीनी निकिता पौडेल लामिछाने लाई सम्झनु भएको छ ।

पार्टीप्रति ऐक्यबद्धता जनाउन आग्रह गर्दै भन्नुभएको छ, “आज ७ गते, साँझ ७ बजे, ७ प्रदेश, ७७ जिल्लामा ७७ पटक, एक्यबद्धताका लागि घण्टी बजाऔँ ।”