८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

पर्यटकको प्रतीक्षामा साल्पापोखरी

पर्यटकको प्रतीक्षामा साल्पापोखरी
अ+ अ-

भोजपुर ।  साल्पापोखरी खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभा जिल्लाको सङ्गमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो । साल्पापोखरी समुद्र सतहदेखि तीन हजार छ सय ७२ मिटर उचाइमा रहेको यो चार जिल्लाको सङ्गमस्थल भए पनि भोजपुर जिल्लाको साल्पासिलिच्छो गाउँपालिकामा पर्दछ ।

सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा ओर्लिएर भोजपुरको कात्तिके, नेपालेडाँडा, मझुवा, केदाकाउले, ताँबुटार, चौकीडाँडा, दोभाने पार गरेपछि साल्पा पोखरी पुग्न सकिन्छ भने भोजपुर सदरमुकामबाट सुन्तले, मैयुङ हुँदै पनि त्यहाँ पुग्न सकिन्छ । साल्पापोखरी जाने क्रममा बाटोमा पर्ने भेडेटार डाँडाले मनै फुरुङ बनाउँछ । पूर्वको एक रमणीय पर्यटकीयस्थल भेडेटारबाट पहाडका घुम्ती सडक हँुदै तमोर नदीतर्फ झरेर नदी किनारैकिनार धनकुटा जिल्लाको सदरमुकाम पुग्दा अर्को मनमोहक ठाउँ भेटिन्छ हिले । पाख्रिबास डाँडाबाट देखिने हरियाली दृश्यलाई नियाल्दा रमाइलो अनुभूति हुने गर्दछ ।

तुम्लिङ्टार हुँदै जाँदा तलतिर कलकल बगिररहेको अरुण देख्दा धेरैलाई जीवनको फरक अनुभव लाग्न सक्छ । नदीमा पुल नहुँदा त्यहाँ आइपुगेका यातायातका साधनहरू फेरीबाट वारपार गर्ने गरिन्छ । अरुण वारि र पारि भोजपुर जिल्ला नै पर्दछ ।  खोटाङको खानीडाँडा विमानस्थलबाट दिक्तेल, तालखर्क, मैयुङ हँदै र लामीडाँडा विमानस्थलबाट नुनथला, मुढे, रूपाकोट, सुङदेल हुँदै पनि तीन दिनको पैदलयात्रा गर्दै साल्पापोखरी पुग्न सकिने पदमार्ग रहेको छ ।

पहिलोपटक सगरमाथा चढ्न जाँदा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले साल्पापोखरीकै मार्ग प्रयोग गरेका थिए । सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन गर्न पर्यटकहरूले साल्पा पोखरीनजिक शिलिचुङ डाँडाको चुचुरो चढ्ने गरेका छन् । शिलिचुङबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण, मेरापिकलगायत हिमशृङ्खला र तराईको फाँटमा लमतन्न परेका नदी, वनजङ्गल देख्दा जो कोहीको पनि मन प्रफुल्ल हुन्छ ।

अरुणमा रहेको झोलुङ्गे पुल तरेर भोजपुरको षडानन्द नगरपालिका, कात्तिके हुँदै कच्ची सडकमा जिपको यात्राको अनुभव पनि बिर्सन सकिंदैन । भोजपुर जिल्लाका गाउँका धेरै खेतबारी र पाखामा रुद्राक्षका बोट प्रसस्त देख्न सकिन्छ । केही वर्षयता रुद्राक्ष यहाँका धेरैको आम्दानीको स्रोत बनेको छ । यो शिवको आँसु मानिन्छ जसको जप गरिन्छ,  माला  लगाइन्छ र  देवीदेवतालाई पनि चढाइन्छ ।  आबाल ब्रह्मचारी षडानन्द गुरुले नै सुरुमा ती बोट लगाएका थिए भनिन्छ ।

‘जी फाउन्डेसन’ नामक संस्थाले यस क्षेत्रमा सामुदायिक पूर्वाधार विकासका लागि जीविकोपार्जन कार्यक्रममार्फत पर्यापर्यटनको विकास र जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि गरेको छ । कार्यक्रममार्फत कृषि, करेसाबारी, उद्यमशीलताका कार्यक्रमहरु सञ्चालन गरिएको र यसबाट स्थानीयवासीको जीवनस्तरमा सुधार आएको कार्यक्रमका सीताराम थापा मगरले जानकारी दिनुभयो ।

केन्द्रीय प्रशारणको लाइन विस्तार नभएकाले गाउँपालिकाकाका प्रत्येक घरका धुरीमा सोलार प्यानल राखी सौर्य उज्यालो प्राप्त गरिएको छ । फेदी गाउँका कतिपय महिला उद्यमीहरूले लोक्ताको कपडा, राडी बुनेर आयआर्जन गरेका छन् । उनीहरुले उत्पादन गरेका सामग्रीहरुको बजारीकरणमा समस्या रहेको उपाध्यक्ष अस्मिता राईले बताउनुभयो ।

साल्पापोखरी पुग्न फेदी गाउँबाट ठाडो उकालो हिंड्नुपर्छ । ढुङ्गाको सिँढी ठाउँठाउँमा रहेका थुम्काहरूमा पुग्दा फूलहरू मनै हलुका भएजस्तो लाग्दछ । तीन हजार ४३४ मिटर उचाइमा पुग्नु थियो । फेदी गाउँबाट हिँडेको साढे दुई घन्टापछि जौबारीबाट वरिपरिका गाउँबस्तीको रमणीय दृश्य देख्न सकिन्छ । जौबारीमा जौ र आलु राम्रो खेती हुने गर्दछ ।

झन्झन् जति माथि गयो, थकाइलाई वरपरको रोमाञ्चक दृश्यले फुर्तिलो बनाउँछ । वनमा फुलेका लालीगुराँसले मनलाई आनन्दित गराइरहेका थिए, थकाइको अनुभूति नै हुँदैन । उकालो जाँदै गर्दा बाटोमा भेटिने चाँैरीखर्क र लालीगुराँसको दृश्यलाई कैद गर्न क्यामरा र मोवाइल फोनलाई फुर्सदै हुँदैन ।

भोजपुरका प्रमुखको रमाइलो गीत, रमोरम दृश्यको स्वाद लिँदै हिँडिरहँदा माबु भेटिन्छ, जहाँ ‘मुन्दुम पदमार्ग’ जोडिन आइपुग्छ । गाउँपालिकाले जि–फाउण्डेशनसँगको सहकार्यमा चखेवाबाट मैयुङडाँडा, सातदोबाटो, बगरेभञ्ज्याङ, जुगेडाँडा, लौरेडाँडा, निकास हुँदै साल्पापोखरी पुग्ने मुन्धुम ट्रेल जोड्ने सहायक पदमार्ग निर्माण गर्ने, मुन्धुम ट्रेल स्तरोन्नति गर्ने, मुन्धुम ट्रेलको आसपासमा होमस्टे ९घरवास० लगायतका संरचना निर्माण गर्ने योजना बनाएको छ ।

स्विस सरकार, कोशी प्रदेश सरकार तथा स्थानीय तहमध्ये भोजपुरको टेम्केमैयुङ र  साल्पासिलिच्छो गाउँपालिका तथा भोजपुर र षडानन्द नगरपालिकाले लागत साझेदारी गरेको  सो पदमार्ग अङ्ग्रेजी अक्षर ‘वाइ’ आकारमा निर्माण भइरहेको  छ ।  भोजपुर  र खोटाङको सिमाना तावा भञ्याङ–चखेवा भञ्याङ–धोद्रे–हाँस पोखरी–तारा खसको–बलौटे भञ्याङ–लौरी भञ्याङ–निकास माने हुँदै भोजपुरको सबैभन्दा अग्लो चुचुरो सिलिचुङ डाँडामा पुगेर एकराते–पखुवा भञ्याङ–बाघखोर–सुन्तले–बाघखोर हुँदै भोजपुर नगरपालिका– १० भैँसीपङखाको साम्पाङ चोकमा आएर टुङ्गिन्छ । मुन्धुम पदमार्ग करीब ८० किलोमिटर रहेको छ ।

कूल ८८ किमिमध्ये हाल ६२ किमी पूरा भइसकेको नेपालको घुम्नैपर्ने सो पदमार्गले खोटाङका केपिलासगढी र साकेला गाउँपालिका छुन्छ जुन किराती सभ्यता झल्काउने एक भौतिक संरचना रहेको रासस भोजपुर भोजपुर नगरपालिका प्रमुख कैलाश आलेले जानकारी दिनुभयो ।

बिहान उठेर माथितिर हेर्दा झुल्के घामसँगै सिलिचुङ चुचुरामा परेको हिउँ देख्दा निकै रमाइलो लाग्दछ । सिलिचुङ डाँडाबाट सगरमाथासँगै तराईका सुन्दर फाँटसँगै अन्य हिमालहरूको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । नेपाल सरकारले निर्धारण गरेको घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्धुम पदमार्ग यो क्षेत्रसम्म विस्तार भएको छ ।

यस स्थानलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न लागेको साल्पासिल्च्छो गाउँपालिका अध्यक्ष दौलत कुलुङले जानकारी दिनुभयो । साल्पा पोखरी र सिलिचुङ डाँडा धार्मिक तथा पर्यटकीय क्षेत्र रहेकोले यसको बृहत्तर रूपमा विकास गर्ने उहाँको योजना रहेको छ ।

प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल साल्पा सिलिचुङ पोखरी पर्यटकको पर्खाइमा रहेको छ । धार्मिक महत्व बोकेको यो पर्यटकीय स्थल प्रचार प्रसारको अभावले ओझेलमा परेको छ । समुद्री सतहबाट ४ हजार १५३ मिटर उचाईमा रहेको सिचिलुङ डाँडाबाट सगरमाथा हिमाल पनि आँखै अगाडि देख्न सकिन्छ भने मकालु हिमाल, विश्वको सर्वोच्च शिखर सगरमाथा हिमाल सामुन्ने देख्दा आफैँले आफूलाई बिर्सेको आभास हुन्छ । सिलिचुङ चुचुरो भोजपुर र सङ्खुवासभा जिल्लाको सिमाना अवस्थित छ । यो क्षेत्रमा रेडपाण्डालगायतका जीवजन्तु, विभिन्न बहुमूल्य जडीबुटी पाइने बताइन्छ ।

चुचुरोको काखैमा रहेको पोखरीमा आन्तरिक पर्यटकहरू आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वासले पूजाआजा गर्नको लागि पुग्ने गरेका छन् । साल्पापोखरीसँग आफूले मागेको कुरा दिने अद्भूत शक्ति रहेको जनविश्वास रहेको छ । साल्पापोखरीको दर्शनले ज्ञान आर्जन हुने विश्वास गरिन्छ । बोली नफुट्ने बालबालिकालाई बोली दिने, निस्सन्तानलाई सन्तान दिनेलगायत मनकामना पूरा गरिदिने साल्पापोखरी मन्दिरमा स्थानीय लामा, झाँक्रीहरूको गुरु पनि छन् ।

यहाँ वैशाख, भदौ, कात्तिक र फागुनका पूर्णिमामा यहाँ विशेष मेला लाग्छ । तीर्थालुहरू आफ्नो मनोकामना पुरा गर्न आउने गर्छन् । पोखरीमा तिर्थालुहरू नुहाउने गर्छन्, यहाँ भोजपुर, खोटाङ, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बुलगायत ठाउँबाट भक्तजनहरू पुग्ने गरेका छन् । साल्पापोखरीमा आफ्नो भाकल पूरा गर्न विशेषगरी परेवा उडाउने चलन छ ।

पोखरी पुग्दा मन रमायो, अघिल्लो दिन हिँडेको थकाइ पनि हराउँछ ।  साल्पा–सिलिचुङ क्षेत्र प्राकृतिक रूपमा जति सुन्दर,  त्यो भन्दा कैयौँ गुणा सांस्कृतिक रूपमा महत्वपूर्ण छ । यस क्षेत्रमा किरातीको सृष्टिदेखि, सभ्यता, बसाइसराइ गर्दाका समस्या र जन्मदेखि मृत्युसम्मका संस्कार र परम्पराको वर्णन पाइन्छ । साल्पापोखरीलाई किरात, हिन्दू, बौद्धमार्गीहरुले साझा तीर्थस्थलका रूपमा मानिन्छ ।  रासस