• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

प्रतिनिधिसभाको बैठकमा आज चार मन्त्रालयका बजेटमाथि छलफल हुने



काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज विहान ११ बजे बस्दैछ । विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकहरुमाथिको जारी छलफलमा आज चार वटा मन्त्रालयका लागि बिनियोजित बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

जसमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानून, न्याया तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि बिनियोजित बजेटका शीर्षकमा छलफल हुनेछ ।

साथै सांसदहरु सूर्यप्रसाद ढकाल, प्रेम सुवाल, सुमना श्रेष्ठ, महेशकुमार बर्तौला, अमरेशकुमार सिंह, अच्युतप्रसाद मैनाली, ज्वालाकुमारी साह र प्रभु साहले खर्च कटौतीको प्रस्ताव पेश गर्नुहुने सम्भावित कार्यसूची छ ।