७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी

ड्रागन बोट रेस फेस्टिभल: पोखराको पर्यटनका लागि महत्वपूर्ण बन्दै

ड्रागन बोट रेस फेस्टिभल: पोखराको पर्यटनका लागि महत्वपूर्ण बन्दै
अ+ अ-
गण्डकी ।  नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यका साथ पोखरामा पहिलोपटक हुन लागेको ‘नेपाल चीन फ्रेण्डसीप ड्रागन बोट रेस फेस्टिभल’ यहाँको पर्यटनका लागि महत्वपूर्ण बन्ने विश्वास लिइएको छ ।
कोरोना महामारीका कारणले सुस्ताएको पर्यटनले विस्तारै गति लिँदै गर्दा नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखराको फेवातालमा ड्रागन बोट रेस हुन लागेको हो ।
यही असार ८ र ९ गते सञ्चालन हुने फेस्टिभलको तयारी भइरहँदा यतिखेर पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । फेवाताल किनार क्याम्पिङ चोकमा हुने फेस्टिभलले यहाँको अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा विशेष टेवा पुग्ने अपेक्षा गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो ।
“चीन नेपालको पर्यटनका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय बजार हो”, उहाँले भन्नुभयो, “ड्रागन बोट रेस फेस्टिभलले आगामी दिनमा चिनियाँ पर्यटकको आगमन बढाउन प्रवद्र्धनको काम गर्नेछ ।” फेटिभलका लागि पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा सहयोगी संस्थाका रूपमा रहेका छन् । फेस्टिभलमा हुने डुङ्गा दौडका लागि चीनबाट आठ वटा विशेष खालका डुङ्गा पोखरा ल्याएर परीक्षण सुरु गरिएको उहाँले बताउनुभयो ।
फेस्टिभलअन्तर्गत चिनियाँ चार र नेपाली चार गरी आठ टोलीबीच डुङ्गा दौड प्रतियोगिता गरिनेछ । पाँच सय र एक हजार मिटरको दौडमा प्रतिष्पर्धा हुनेछ । बोट रेसका लागि गत वैशाख २१ गते नेपाल पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । चीनले यस प्रकारका बोट रेस फेस्टिभल ५० भन्दाबढी देश र क्षेत्रमा आयोजना गर्दै आएको छ ।
फेस्टिभलमा चीनबाट विशिष्ट पाहुनाको सहभागिता हुने र यसैका सन्दर्भमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय चाटर्ड उडान हुने भएको छ । नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलका लागि उक्त उडानमार्फत लगभग एक सय ३० जना आउने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच गत शुक्रबार सम्झौता गरिएको हो । प्राधिकरणका अनुसार सिचुआन एयरलाइन्सले आगामी जुन २१ (असार ६)मा चार्टर्ड उडानका लागि अनुमति पाएको हो । उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नेछ ।
गत पुस १७ गते(सन् २०२३ को जनवरी १ तारिख) उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेका अवस्थामा असार ६ गते पहिलोपटक अन्तर्राष्ट्रिय उडानमार्फत चिनियाँ टोली अवतरण गर्नेछन् ।
पोखरा चिनियाँ पर्यटकको राम्रै्र रोजाइमा पर्ने गन्तव्य हो । यहाँ आउने चिनियाँ पर्यटक विशेषत: प्राकृतिक सुन्दरताको अवलोकन र प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जीलगायतका साहसिक पर्यटनमा रुचि राख्ने गर्दछन् ।
नेपालमा भित्रने चिनियाँ पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी पोखरा आउने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । दक्षिण एशियामा नै पहिलो पटक हुन लागेको यस प्रतियोगिता पोखरेलीका लागि महत्वपूर्ण अवसर रहेको पोखरा महानगरपालिका पर्यटन समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले बताउनुभयो ।
“कोभिडबाट थलिएको पर्यटनलाई उकास्नका लागि यो फेस्टिभल आफैँमा विशेष छ”, उहाँले भन्नुभयो, “यसलाई भव्य र सभ्यरुपमा सम्पन गर्नु हाम्रो महत्वपूर्ण जिम्मेवारी हो ।” फेस्टिभलसँगै पोखरामा चिनियाँ पर्यटकको आगमन बढ्ने उल्लेख गर्दै उहाँले यहाँ सञ्चालित साहसिक पर्यटनका गतिविधि सधैँ उनीहरूको रोजाइमा पर्ने गरेको बताउनुभयो ।
पोखरामा पर्यटकलाई लक्षित गरी निर्माण गरिएका साना तथा ठूला गरी सात सयको सङ्ख्यामा होटेल रहेको होटेल एशोसिएसन नेपाल (हान) पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । पोखरामा होटेल पूर्वाधारमा मात्रै रु चार खर्बभन्दा बढीको लगानी भइसकेको उहाँले बताउनुभयो ।
“यहाँ नेपालीका साथै चाइनिजले सञ्चालन गरेका रेष्टुरेन्ट पनि छन्”, उहाँले भन्नुभयो, “चिनियाँ भाषा जानेका पर्यटक गाइडको सङ्ख्या पनि राम्रै छ ।” पोखरा आउने चिनिया पर्यटकलाई चिनियाँ परिकारको कुनै समस्या नहुने उहाँले बताउनुभयो । रासस