३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगः मछिन्द्रद्वारा च्यासल पराजित



अ+ अ-

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबले जित निकालेको छ ।

शनिबार दिउँसो भएको खेलमा मछिन्द्रले च्यासल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

मछिन्द्रलाई जित दिलाउन विमल घर्तिमगर र सुनिल बलले एक–एक गोल गरे । मछिन्द्रको दुबै गोल पहिलो हाफमा सम्झव भएको थियो । 

खेलको १६ औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई १–० गोलको अग्रता दिलाए । रञ्‍जित धिमालको कर्नरमा विमलले हेडमार्फत उत्कृष्ट गोल गरे ।

२४ औं मिनेटमा मछिन्द्रका सुनिल बलको फ्रि–किकलाइै च्यासलका गोलकिपर प्रदिप भण्डारीले पन्च गरी बाहिर फाले । सुनीलले लेफ्ट कर्नरमा सानदार प्रहार गरेका थिए । 

खेलको ३४ औं मिनेटमा सुनिलले गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाए । विमलले उपलब्ध गराएको पासलाई उनले गोलमा परिणत गरे । 

३९ औं मिनेटमा च्यासलका मौसा अबागानाको डी–बक्सबाहिरबाट गरेको उत्कृष्ट प्रहार मछिन्द्रका गोलकिपर विशालले उत्कृष्ट सेभ गरे ।

खेलको ५१ औं मिनेटमा मछिन्द्रका विमलको प्रहार पोस्टमा लागेर फर्किएको थियो । च्यासलका गोलकिपर अगाडि आएको समयमा बिमलले प्रहार गरेका थिए । 

६६ औं मिनेटमा मछिन्द्रका मिडफिल्डर मनिष डाँगी गम्भीर घाइते बने । च्यासलका यानिक केचासँग जुध्न पुग्दा उनी मैदानमा लडेका थिए । उनलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो। 

७६ औं मिनेटमा मछिन्द्रका बिमलले दिएको बललाई विशाल राई वान भर्सेस वानमा गोल गर्न चुके । 

जितसँगै शीर्षस्थानमा रहेको मछिन्द्रले १० खेलमा २६ अंक जोडेको छ । यता, च्यासल १० खेलमा ५ अंकसहित पुछारमा रहेको छ । 

मछिन्द्रका बिमल घर्तिमगर म्यान अफ दी म्याच बन्दा च्यासलका प्रदीप भण्डारी इमर्जिङ प्लेयर चुनिए ।