• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

किसानको उत्पादन सडकमा देख्दा मन थाम्न मुश्किल पर्छ: अध्यक्ष ओली



फाईल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले किसानको उत्पादन सडकमा फालेको देख्दा मन थाम्न मुश्किल हुने बताएका छन् ।

आइतबार उचित मूल्य नपाएपछि किसानले कालीमाटीमा गोलभेँडा सडकमा फ्याँकेर आन्दोलन गरेपछि ओलीले यस्तो बताएका हुन्।

उनले कृषिवस्तु खरिद सम्झौता नभएसम्म अर्थतन्त्र र रोजगारीको बलियो खम्बा बनाउन नसक्ने बताएका छन्। उनले सामाजिक सञ्जालमा भनेका छन् , ‘हामी एकातिर करिब ४०० अर्बको कृषिजन्य बस्तु आयत गरिरहेका छौँ, अर्कोतिर हाम्रा कृषि उत्पादनले मूल्य नपाएर सडकमा फालिएको छ । किसानले मेहनतपूर्वक पसिना बगाएर गरेको उत्पादन सडकमा फालेको यस्तो दृश्य देख्दा मन थाम्न मुस्किल हुन्छ।’