• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

विद्युत अवरुद्ध भारत निर्यातका कारण होइन: कुलमान घिसिङ



काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतमा विद्युत निर्यात गरेका कारण लोडसेडिङ नभएको बताउनुभएको छ । उहाँले वितरण प्रणालीमा आएको समस्याले मध्य र पश्चिम नेपालमा पटकपटक विद्युत आउने जाने गरेको जानकारी दिनुभयो ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले धेरै सबस्टेशन र केही ट्रान्समिसन लाइनमा समस्या आएको भन्दै तराई मधेसमा धेरै गर्मी भएकाले विद्युत खपत बढ्दा पनि ट्रान्समिसन लाइनमा समस्या आएको बताउनुभयो ।

“यहाँ बत्ती अफ गरेर निर्यात गरेको होइन”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “पिक टाइम बाहेक अरु बेला आपूर्ति बढी नै छ, त्यो निर्यात नै गर्नुपर्छ । निर्यात गरेन भने खेर जान्छ र त्यसको मूल्य हामी (विद्युत प्राधिकरण) ले तिर्नुपर्छ ।’

उहाँका अनुसार नेपालमा उत्पादन भएर यहाँ खपत नभएको विद्युत मात्र निर्यात गर्ने गरिएको छ ।