१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 2.06

Humidity: 31

Latest
निजी क्षेत्र उत्प्रेरित नभएसम्म आर्थिक रुपान्तरणको कार्यसूचीले सार्थकता पाउन नसक्ने महासंघका अध्यक्ष ढकालको धारणा ‘विद्यालय नगएका बालबालिको हितमा आवाज उठाऔँ’ पहिरोले अवरुद्ध उत्तर दक्षिण कोशी राजमार्ग १० घण्टापछि सञ्चालन शिक्षकका आन्दोलनलाई सम्बोधन गर्न सरकारले ढिलाइ गर्न नहुने तीनकुने घटनामा मृत्यु भएका परिवारलाई जनही १० लाख उपलब्ध गराउने श्रममन्त्री भण्डारीद्वारा युएईमा नेपाली श्रमिकको दीर्घकालीन हितका विषयमा प्रस्ताव पार्टीका प्रत्येक कमिटीमा ३३ प्रतिशत युवा सहभागिता गराइने उपप्रधानमन्त्री सिंहसँग भारतका विद्युत्मन्त्रीको भेट मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते ब्राजिलका फुटबलर कार्लोस जेभिर्यस कलेजमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट वर्गिय, क्षेत्रिय र लिङ्गीय उत्पीडनको अन्त्य हुनेगरी आउनुपर्छः सांसद पौडेल



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले वर्गिय, क्षेत्रिय र लिङ्गीय उत्पीडनको अन्त्य हुनेगरी बजेट आउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै सांसद पौडेलले बजेट सबै क्षेत्रमा समान रुपमा आउनुपर्ने बताउनु भयो । उहाँले आफुहरु वर्गिय, क्षेत्रिय, लिङ्गीय उत्पीडनको अन्त्य हुनेगरी राज्यको अग्रगामी पुनःसंरचना गर्नुपर्ने पक्षमा रहेको भन्दै त्यस्ता उत्पीडनको अन्त्य हुनेगरी बजेट आउनुपर्ने बताउनु भयो । मन्त्रीले दुई, चारवटा बजेट हाल्नु स्वभाविक भएपनि देख्न र हेर्नै नसक्नेगरी एक क्षेत्रमा मात्रै बजेट हाल्नु नहुने उहाँले बताउनु भयो । बजेटले कुनैपनि क्षेत्रका जनतालाई अन्याय गर्नु नहुने बताउनु भयो । उहाँले पुरानो व्यवस्था नफर्किने भन्दै अहिलेको प्रणालीलाई आक्रमण नगर्न आग्रह गर्नुभयो । वर्तमान राज्यप्रणालीमाथि आक्रमण गर्नु संविधान विपरित हुने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘असफल भइसकेको, बगि सकेको खोला फर्किन्न भनेजस्तै । पड्किइसकेको गोली फर्किन्न भनेजस्तै त्यही प्रणाली फर्काउने र त्यतैपट्टी केन्द्रीत भएर अहिलेको प्रणालीलाई हामीले आक्रमण गर्ने काम नगरौँ । संविधान विपरित हुन्छ । यो बिन्दुबाट समाजवादी प्रणाली निर्माण गर्नको निम्ति अगाडी बढ्नु अबको आवश्यकता हो । यो जनताले ल्याएको व्यवस्था हो । त्यसकारण अगाडी बढ्नुको विकल्प छैन । अगाडी बढ्न त्यस प्रकारका रचनात्मक छलफल र बहशको खोजी गरेर अगाडी बढौँ । बर्गिय, क्षेत्रिय, लिङ्गीय उत्पीडनको अन्त्य हुनेगरी राज्यको अग्रगामी पुनःसंरचना भनेका छौँ । अनि एउटै क्षेत्रमा बजेट हाल्ने । मन्त्री भइसकेपछि दुई, चारवटा बजेट हाल्नुभएकोमा तपाईलाई जनताले भन्छन् स्वागतयोग्य कुरा हो । तर देख्नै नसकिने गरी नगरिदिनु होला । त्यसो गरे क्षेत्रिय रुपमा उत्पीडनमा परेका भुगोल, उत्पीडनमा परेका ठाउँहरु अन्यायमा पर्छ । अन्याय नसहने भनेर यो संविधान बनाएको हो नि । फेरी यो प्रणालीमा आएर पनि कुनै क्षेत्रका जनतालाई अन्याय गर्यौँ भने त राम्रो हुँदैन नि ।’

उहाँले स्थानीय, प्रदेश र संघ सरकारका बिचमा नीति, कार्यक्रम र बजेटको सन्दर्भमा तादाम्यता नमिलेको पनि बताउनु भयो ।