१९ पुष २०८१, शुक्रबार
,
Latest
१९ वर्षमा ४१ प्रतिशत प्रगति, साढे सात अर्बको लागत ५३ अर्ब पुग्यो आज देशभरको मौसम सफा रहने पूर्वानुमान बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने: खानेपानीमन्त्री प्रदीप यादव प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता चिसो मौसममा आज अकस्मात किन तात्यो राजनीति ? ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना माओवादी बैठकमा केन्द्रीय समितिको ‘एजेण्डा’बारे छलफल ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड ‘जुझारु’ नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी जेल परे पनि अवज्ञाकारी विधेयक, कानून निर्माण सहजिकरण कार्यदल बैठकः विचाराधिन विधेयक सम्बन्धमा दुई दलले फोकल पर्सन तोक्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट वर्गिय, क्षेत्रिय र लिङ्गीय उत्पीडनको अन्त्य हुनेगरी आउनुपर्छः सांसद पौडेल



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले वर्गिय, क्षेत्रिय र लिङ्गीय उत्पीडनको अन्त्य हुनेगरी बजेट आउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै सांसद पौडेलले बजेट सबै क्षेत्रमा समान रुपमा आउनुपर्ने बताउनु भयो । उहाँले आफुहरु वर्गिय, क्षेत्रिय, लिङ्गीय उत्पीडनको अन्त्य हुनेगरी राज्यको अग्रगामी पुनःसंरचना गर्नुपर्ने पक्षमा रहेको भन्दै त्यस्ता उत्पीडनको अन्त्य हुनेगरी बजेट आउनुपर्ने बताउनु भयो । मन्त्रीले दुई, चारवटा बजेट हाल्नु स्वभाविक भएपनि देख्न र हेर्नै नसक्नेगरी एक क्षेत्रमा मात्रै बजेट हाल्नु नहुने उहाँले बताउनु भयो । बजेटले कुनैपनि क्षेत्रका जनतालाई अन्याय गर्नु नहुने बताउनु भयो । उहाँले पुरानो व्यवस्था नफर्किने भन्दै अहिलेको प्रणालीलाई आक्रमण नगर्न आग्रह गर्नुभयो । वर्तमान राज्यप्रणालीमाथि आक्रमण गर्नु संविधान विपरित हुने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘असफल भइसकेको, बगि सकेको खोला फर्किन्न भनेजस्तै । पड्किइसकेको गोली फर्किन्न भनेजस्तै त्यही प्रणाली फर्काउने र त्यतैपट्टी केन्द्रीत भएर अहिलेको प्रणालीलाई हामीले आक्रमण गर्ने काम नगरौँ । संविधान विपरित हुन्छ । यो बिन्दुबाट समाजवादी प्रणाली निर्माण गर्नको निम्ति अगाडी बढ्नु अबको आवश्यकता हो । यो जनताले ल्याएको व्यवस्था हो । त्यसकारण अगाडी बढ्नुको विकल्प छैन । अगाडी बढ्न त्यस प्रकारका रचनात्मक छलफल र बहशको खोजी गरेर अगाडी बढौँ । बर्गिय, क्षेत्रिय, लिङ्गीय उत्पीडनको अन्त्य हुनेगरी राज्यको अग्रगामी पुनःसंरचना भनेका छौँ । अनि एउटै क्षेत्रमा बजेट हाल्ने । मन्त्री भइसकेपछि दुई, चारवटा बजेट हाल्नुभएकोमा तपाईलाई जनताले भन्छन् स्वागतयोग्य कुरा हो । तर देख्नै नसकिने गरी नगरिदिनु होला । त्यसो गरे क्षेत्रिय रुपमा उत्पीडनमा परेका भुगोल, उत्पीडनमा परेका ठाउँहरु अन्यायमा पर्छ । अन्याय नसहने भनेर यो संविधान बनाएको हो नि । फेरी यो प्रणालीमा आएर पनि कुनै क्षेत्रका जनतालाई अन्याय गर्यौँ भने त राम्रो हुँदैन नि ।’

उहाँले स्थानीय, प्रदेश र संघ सरकारका बिचमा नीति, कार्यक्रम र बजेटको सन्दर्भमा तादाम्यता नमिलेको पनि बताउनु भयो ।