• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   चालु आर्थिक वर्षको तुलनामा ६.२ प्रतिशतले बजेटको आकार वृद्धि ★   बजेटले आशा जगाउन सकेन: राजेन्द्र लिङ्देन ★   शान्ति कोष स्थापना गर्न रु एक अर्ब ★   किर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिलाई तिब्रता दिइने ★   सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने सरकारको निर्णय ★   सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने ★   आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट आकार १८ खर्ब ६० अर्ब ३० रुपैयाँ-पूर्णपाठ सहित ★   आर्थिक वर्ष २०८१/०८२ को बजेटको ५ प्राथमिकता ★   भौतिक पूर्वाधारमा १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन ★   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ८६ अर्ब २४ करोड

न्यायाधीश नियुक्तिको तयारीका लागि छुट्टै कोर्ष बनाउँदै छौँ: हरिकृष्ण कार्की



काठमाडौँ । प्रश्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिको तयारीका लागि छुट्टै कोर्ष बनाउन लागेको बताउनुभएको छ ।

शुक्रवार संसदीय सुनुवाई समितिमा समिति सदस्यहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले न्यायाधीश नियुक्ति गर्नका लागि छुट्टै कोर्ष बनाउने र कोर्ष अनुसार पास भएमात्रै न्यायाधीश नियुक्तिको बाटो खुल्ने प्रणालीको विकास गर्न खोजिएको बताउनु भयो । उहाँले उक्त प्रणाली लागू भए न्यायाधीश नियुक्तिमा आइरहेका ५० प्रतिशत समस्या समाधान हुने र बाँकी ५० प्रतिशत समस्या भने व्यवहारबाट समाधान गर्नुपर्ने बताउनु भयो । उहाँले आफ्नो कार्यकालमा नै यो व्यवस्था लागू गर्नेगरी अघि बढेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब हामी जुडिसियल एकेडेमीलाई प्रोफेसनल बनाउने र त्यो जुडिसियल एकेडेमीमा न्यायाधीशहरुको एउटा कोर्स नै डेभलप गर्ने र त्यो न्यायाधीशको कोर्ष गरेको मान्छेमात्रै न्यायाधीश हुनसक्ने व्यवस्था गर्दैछौँ । त्यसले न्यायाधीशको योग्यता, क्षमत, निष्ठा, इमान, त्यो तालिममा सबै कुराहरु समावेश हुन्छन् । त्यस्तोमा मिनिमम प्रतिशत ल्याएरको व्यक्ति मात्रै न्यायाधीश हुनसक्ने प्रणाली विकास गर्नसक्यो भने अहिले भएका न्यायाधीशमा उठ्ने गरेका प्रश्नहरुको ५० प्रतिशत समाधान त्यहीँबाट निस्किन्छ । बाँकी ५० प्रतिशत व्यवहारबाट गर्नेकुरा हो । त्यसबाट हामी अघि बढ्नुपर्छ भनेर हामीले थ्रि सिएल्स एकेडेमीले जजेज कोर्षको एकेडेमी तयार गर्दैछ । यसले न्यायाधीश नियुक्तिमा ठूलो फड्को मार्नेछ ।’

कार्कीले आफूमाथि लागेको आरोप प्रमाणित भए राजीनामा दिन तयार रहेको समेत बताउनु भयो । आफूमाथिको आरोप प्रमाणित गर्न जुनसुकै निकायबाट छानबिन गराउन र प्रमाणित भएको खण्डमा पेशा छोडेर बाहिरिन तयार रहेको बताउनु भयो ।