१९ भाद्र २०८३, शुक्रबार
,
Latest
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशको बजेटः ३६ अर्ब २४ करोड



अ+ अ-

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक वर्ष २०८०/८१ को आय–व्ययको सार्वजनिक गरेका छन् । आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका मुख्यमन्त्री कार्कीले मन्त्रालयको सभाहलमा अध्यादेशबाट ल्याएको बजेट सार्वजनिक गरे ।

आगामी आवको नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न रु ३६ अर्ब २४ करोड ३५ लाख १० हजार विनियोजन भएको छ । कुल विनियोजनमध्ये चालु खर्च रु १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पुँजीगत खर्च रु १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार, वित्तीय व्यवस्थातर्फ रु एक करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु तीन अर्ब ६० करोड २९ लाख ९२ हजार रहेको छ । चालु खर्चमध्येमा सङ्घीय अनुदान बचत फिर्तातर्फ रु दुई अर्ब रहेको छ ।

सार्वजनिक भएको बजेटमा आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट रु चार अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँटबाट रु ११ अर्ब ६४ करोड ८१ लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु आठ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदानबाट रु पाँच अर्ब ८४ करोड ३२ लाख, समपूरक अनुदानबाट रु ७३ करोड र विशेष अनुदानबाट रु ७६ करोड गरी राजस्व तथा वित्तीय हस्तान्तरण गरी जम्मा रु ३२ अर्ब ३४ करोड २९ लाख ५० हजार खर्च व्यहोर्ने जनाइएको छ ।

बाँकी अपुग रकम नगद मौज्दातबाट रु तीन अर्ब ७५ करोड एक लाख तथा वैदेशिक अनुदानबाट रु १५ करोड चार लाख ६० हजार व्यहोर्ने सार्वजनिक बजेटमा उल्लेख छ ।




भर्खरै