• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

नेपाल फिलिपिन्ससँग पराजित



काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल घरेलु टोली फिलिपिन्ससँग पराजित भएको छ । फिलिपिन्सको रिजल मेमोरियल स्टेडियममा बिहीबार भएको खेलमा नेपाल फिलिपिन्ससँग १–० गोलअन्तरले पराजित भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेपालले गोल खाएको हो । फिलिपिनसका जार्भे गायोसोले खेलको ४९औँ मिनेटमा गरेको एक गोल नै निर्णायक गोल सावित भयो ।

भारतमा आयोजना हुने १४औँ संस्करणको साफ च्याम्पियनसीपको तयारीस्वरुप नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेलेको हो । साफ च्याम्पियनसीप आगामी असार ६ देखि १८ गतेसम्म हुनेछ । च्याम्पियनसीपमा नेपालसहित आयोजक भारत, बङ्गलादेश, कुवेत, लेबनान, भूटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ । त्यस्तै समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भूटान र बङ्गलादेश रहेको छ ।