१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

कोशी प्रदेशको सरकार नेपाली कांग्रेसको नेतृत्वमा बनाउन प्रयास जारी

कोशी प्रदेशको सरकार नेपाली कांग्रेसको नेतृत्वमा बनाउन प्रयास जारी
अ अ+ अ-

विराटनगर । प्रदेश सभाको दोस्रो निर्वाचन पछि पनि प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयासमा जुटेको छ ।

निर्वाचन पछि नेकपा एमालेले ४० सदस्य प्रदेश सभामा पुर्‍याएपछि संसदीय दलका नेता बनेका हिक्मतकुमार कार्की नेकपा माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थन एवं साथ पाएर कोशी प्रदेशको मुख्यमन्त्री बत्र सफल हुनु भएको थियो ।

सत्ता साझेदार जसपा, नेकपा माओवादी केन्द्रले दिएको विश्वासको मत फिर्ता लिएपछि अप्ठ्यारोमा पर्नु भएको मुख्यमन्त्री वर्षे तथा बजेट अधिवेशनको छैठौँ बैठकसम्ममा आइपुग्दा अल्पमतमा पर्नु भयो ।

सरकारले ल्याएको बजेटको प्राथमिकता र सिद्धान्त प्रदेश सभामा बृहत छलफलको क्रममा ३३ जना सदस्यहरुले बोल्नुभएको थियो भने सर्वसम्मतले सो प्रस्ताव पारित पनि भयो । त्यस लगतै सरकारले जेठ ३१ गते आगामी आर्थिक वर्षका निम्ति बजेटमा समेटिन सकिने विषयहरुको वार्षिक  नीति तथा कार्यक्रम कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रस्तुत गर्नु भएको थियो ।

सभाले प्रदेश प्रमुखलाई धन्यवादको प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो भने चालु अधिवेशन गएको राति १२ बजेदेखि अन्त्य भएको सूचना जारी भएपछि कोशी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ । सम्भवत: आजै कुनै पनि समयमा वार्षिक बजेट सार्वजनिकीकरण हुने अनुमान गरिएको छ ।

जसपा, नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको कडा आलोचना खेपेर भएपनि राजनीतिक कारण देखाई सदन स्थगन गराएर सरकारले अध्यादेशबाट बजेट ल्याउन लागेको हो ।

एकातिर अल्पमतमा रहेको सरकारले अध्यादेश मार्फत बजेट ल्याउने तयारीसँगै आफ्ना कार्यकाल पनि लम्ब्याउने दाउमा देखिएका छन् । छ जना सदस्य रहेको राप्रपा अहिले पनि सरकारमा सहभागी छ ।

विगतमा नेकपा एमाले एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रकुमार राई, नेकपा एमालेकै शेरधन राई र भीमप्रसाद आचार्य मुख्यमन्त्री बनि कोशी प्रदेश सरकारको नेतृत्व गरिसक्नु भएको छ ।

पहिलो प्रदेश सभामा २१ जना मात्र सदस्य रहेको नेपाली कांग्रेसले धेरै समय प्रतिपक्षमा बसेर पनि जिम्मेवारीपूर्वक प्रतिपक्षको भूमिका निर्वाह गरिसकेको छ । विगतको प्रतिपक्षको अनुभव, सरकारमा थोरै समय सहभागी भएर बटुलेको अनुभव र अहिले नेकपा एमाले पछि सबै भन्दा ठूलो नेपाली कांग्रेसको २९ जना सदस्य प्रदेश सभा छन् ।

यस्तो अवस्थामा पनि मुख्यमन्त्रीको भूमिका पाउन नसके नेपाली कांग्रेस पार्टी सांगठनिक कमजोर हुनुका साथै  जनताले दिएको मतको पनि अपमान हुने राजनीतिक विश्लेषकहरुको भनाई छ ।

उनीहरुले यति ठूलो अवसरलाई सदुपयोग गर्न नसक्ने हो भने पार्टीका शीर्ष नेताहरुले कोशी प्रदेशलाई अरु दललाई जिम्मामा दिएको हो भनि प्रश्न गर्न थालेका छन् ।

गृहणीले खाना पकाउन चुकेमा साँझको बिहान सच्याउन सकिने, किसान खेतीमा चुके एक वर्ष पर्खिनु पर्ने र राजनीतिक दल चुके पाँच वर्षमा मात्र सच्याउन सकिने भनाईलाई नेपाली कांग्रेसले किन आत्मसात गर्न सकिरहेको छैन यो पनि प्रश्न सर्वसाधारण कार्यकर्ता देखि नेताहरुले यो प्रदेशमा गर्न थालेका छन् ।

नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचनमा एक खेमाका अमृत अर्याल दुई मत, अर्को खेमाका केदार कार्की नौ मत र सो समयमा तेस्रो खेमामा देखिएका उद्धव थापाले १८ मत प्राप्त गरेर संसदीय दलको नेता बत्रुभएको दिन देखि कोशी प्रदेशमा गुट मौलाएको थियो ।

तर अहिले गुट र उपगुटमा लागे अवसर गुम्ने र जनता तथा कार्यकताबाट पनि बहिस्कृत हुनु पर्ने स्थिति सिर्जना भएपछि संसदीय दलका नेताका लागि उठेका तीनै जना नेताहरु अहिले एकमत देखिएका छन्, र उनीहरु कोशीमा नेकाकै नेतृत्वमा सरकार बनाउने प्रयासमा जुटेका छन् ।

तीनै जना नेताहरुले संसदीय दलका नेता उद्धव थापा नै मुख्यमन्त्री हुनु पर्ने माग सहित एक्यवद्धता जाहेर गरिसकेका छन् । उनीहरुले हामी बीच कुनै मतभेद छैन हामी राजनीतिक सिद्धान्त, विचार र आदर्शबाट प्रेरित एवं प्रभावित भएकाले पार्टीलाई बलियो बनाउन सरकारको नेतृत्व नेपाली कांग्रेसले नै लिनु पर्ने माग र अडानलाई शीर्षस्थ नेताले अनादर गर्न नहुने नेपाली कांग्रेस कोशी प्रदेश सभा सदस्य एवं पूर्वप्रमुख सचेतक केदार कार्कीले बताउनुभयो ।

उहाँले हामी आफ्नो घर भत्काएर कहिले पनि आगाडि बढ्न सक्दैनौ भन्दै अब कोशी प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्छ यसमा दुई मत छैन भत्रुभयो ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले हामीसँग प्रशस्त सम्भावना हुँदाहुँदै सरकार बनाउन नसके राजनीतिक घाटा मात्र होइन जनतामा नराम्रो छाप पर्ने भएकाले नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बत्रु पर्ने र यसका लागि हामीहरु एक्यवद्ध भएर अन्य राजनीतिक दलहरुसँग पनि परामर्श गर्ने बताउनुभयो ।

न्यूजपोलारसँग कुरा गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले हामी बीच कुनै पनि मतभेद नरहेको र सरकार संचालनमा राम्रो भूमिका निर्वाह गर्न सकिने भएकाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बत्रु पर्ने अडान राख्नु भयो ।

अर्को तर्फ नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई हटाएर अर्का सदस्यलाई दलका नेता बनाउने प्रयास हुनुले नेपाली कांग्रेस सचेत एवं सतर्क रहनु पर्ने आवश्यकता पनि देखिएको छ ।

किनकी नेता आङ्बो हटे जीवन आचार्य संसदीय दलको नेता बत्रे र उहाँ वर्तमान प्रधानमन्त्रीका ज्वाँई पनि भएकाले कोशी प्रदेशको राजनीतिमा परिवर्तन आउन सक्ने एकथरिले अनुमान लगाएका छन् ।

यो अनुमानलाई गलत साबित गर्न नेपाली कांग्रेसका शीर्ष नेताले राजनीतिक मर्म र भावलाई कदर गर्नु पर्छ र नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनु पर्छ । होइन भने जसको लाठी उसैको भैँसी हुने छ ।