• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

मुख्यसचिवमा डा बैकुण्ठ अर्याल नियुक्त



काठमाडौँ ।सरकारले मुख्यसचिवमा डा बैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । आज विहान बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

हालका मुख्यसचिव शंकरदास बैरागीले राजीनामा दिएपछि प्रधानमन्त्री कार्यालयमा कार्यरत अर्याललाई मुख्यसचिव बनाउने निर्णय मन्त्रीपरिषद्ले गरेको हो । निवर्तमान मुख्य सचिव बैरागीलाई मन्त्री सरहको सेवा सुविधा पाउने गरी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरिएको छ । बैरागीको कार्यकाल आगामी असोज मसान्तसम्म रहेको थियो ।

अर्याललाई गत गैतमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो । त्यसअघि अर्यालले वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगलगायतमा काम गरिसक्नुभएको छ ।

अर्याल हालका सबैभन्दा वरिष्ठ सचिव समेत हुनुहुन्छ । सचिवका रुपमा अर्यालको कार्यकाल आगामी असार ४ गतेसम्म मात्रै रहेको थियो ।