• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसंग शुक्रबार सांसदहरुको सबाल जबाफ हुने



काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्य योजना पेस गर्नुभएको छ ।

कार्कीले समितिमा आफ्नो कार्य योजना पेस गरेपछि बैठक शुक्रबार बिहान बस्नेगरी सकिएको छ । शुक्रबार बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीशसँग समिति सदस्यहरूले कार्ययोजना र उहाँमाथी परेका उजुरीका बारेल छलफल गर्ने तयारी भएको छ ।

कार्कीमाथि परेका उजुरी र उनले पेस गरेका कार्य योजनाबारे सवाल जवाफपछि कार्कीको नाम अनुमोदन गर्ने तयारी समितिले गरेको छ ।