९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

तत्कालीन प्रधानन्यायाधीशको आग्रहमा न्यायाधीश भएँ, निष्ठापूर्वक काम गरेको छु- कार्की

तत्कालीन प्रधानन्यायाधीशको आग्रहमा न्यायाधीश भएँ, निष्ठापूर्वक काम गरेको छु- कार्की
अ अ+ अ-

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफू तत्कालीन प्रधानन्यायाधीको आग्रहमा न्यायाधीश भए पनि काम भने निष्ठापूर्वक गरेको बताउनुभएको छ ।

आज विहानदेखि संसदीय समितिमा भएको सुनुवाइका क्रममा उहाँले आफ्नो इच्छा नहुँदा पनि तत्कालीन प्रधानन्यायाधीशले भित्रै बसेर काम गर्नुपर्छ भनेपछि आफू न्यायाधीश भएको बताउनुभयो । ‘सर्वोच्च अदालतमा न्यायाधीश बन्ने अवसर आयो, तर मलाई न्यायाधीश बन्ने इच्छा थिएन । तर तत्कालीन प्रधानन्यायाधीशले आग्रह गरेपछि त्यसलाई स्वीकार गरेको हुँ, न्यायाधीशका रुपमा इमान, निष्ठा र व्यावसायिक धर्मलाई पूर्णरुपमा पालना गरी काम गरिरहेको छु ।’

उहाँले परिस्थिति र सौभाग्यले पछिल्लो आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पनि सम्हालेको बताउनुभयो । कार्की २०७२ फागुन १८ गते न्यायाधीशमा सिफारिस भइ २०७३ साउन १७ मा न्यायाधीश बन्नुभएको थियो ।

न्यायाधीश भएपछि आफूले न्यायालयमा हुने ६० प्रतिशत न्यायिक विचलन रोकेको समेत दाबी गर्नुभयो । उहाँले आफ्नो कार्ययोजना सुनाउँदै विचलन रोक्न सफल भएको न्यायिक स्वच्छता कायम गर्ने दिशामा अघि बढेको समेत बताउनुभयो ।

कार्कीमाथि विहान ८ बजेदेखि सुनुवाई सुरु भएको हो । कार्कीविरुद्ध २९ वटा उजुरी दर्ता भएको छ । समितिले बुधबार २९ वटा उजुरीकर्तासँग छलफल गरी आज कार्कीलाई बोलाएको हो ।

समितिमा कार्कीले योजना समेत प्रस्तुत गर्नुहुनेछ भने उहाँ उपर परेका उजुरीबारे पनि प्रश्न गरिनेछ । समितिले अनुमोदन गरेको अवस्थामा कार्की प्रधानन्यायाधीशमा नियुक्त हुनुहुनेछ ।

कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्तका लागि गत वैशाख २५ गते सिफारिस गरिएको थियो । तर संसदीय समिति गठन नहुँदा सुनुवाइ हुन सकेको थिएन ।

सुनुवाइ समितिमा कांग्रेबाट रेमश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार, ज्ञानेनद्रबहादुर बार्की र रमेशजंग रायमाझी हुनुहुन्छ । साथै नेकपा एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम र देवेन्द्र दाहाल हुनुहुन्छ । साथै नेकपा माओवादी केन्द्रबाट जर्नादन शर्मा, जगप्रसाद शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल र जसपाबाट प्रकाश अधिकारी हुनुहुन्छ  ।

कार्की आगामी साउन १९ गतेदेखि अवकाशमा जानुहुनेछ ।