• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   बजेटले आशा जगाउन सकेन: राजेन्द्र लिङ्देन ★   शान्ति कोष स्थापना गर्न रु एक अर्ब ★   किर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिलाई तिब्रता दिइने ★   सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने सरकारको निर्णय ★   सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने ★   आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट आकार १८ खर्ब ६० अर्ब ३० रुपैयाँ-पूर्णपाठ सहित ★   आर्थिक वर्ष २०८१/०८२ को बजेटको ५ प्राथमिकता ★   भौतिक पूर्वाधारमा १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन ★   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ८६ अर्ब २४ करोड ★   सहकारीको सञ्चालकको सम्पती बेचेर भएपनि ५ लाख रुपैयाँ सम्मको वचत फिर्ता गर्ने सरकारको घोषणा

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ सुरु



काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ सुरु भएको छ ।
संसदीय सुनुवाई समितिमा विहान ८ बजेदेखि सुनुवाई सुरु भएको हो । कार्कीविरुद्ध ३८ जनाले २९ वटा उजुरी दर्ता गराएका छन् । समितिले बुधबार २९ वटा उजुरीकर्तासँग छलफल गरी आज कार्कीलाई बोलाएको हो ।
समितिमा कार्कीले योजना समेत प्रस्तुत गर्नुहुनेछ भने उहाँ उपर परेका उजुरीबारे पनि प्रश्न गरिनेछ । समितिले अनुमोदन गरेको अवस्थामा कार्की प्रधानन्यायाधीशमा नियुक्त हुनुहुनेछ ।
कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्तका लागि गत वैशाख २५ गते सिफारिस गरिएको थियो । तर संसदीय समिति गठन नहुँदा सुनुवाइ हुन सकेको थिएन ।
सुनुवाइ समितिमा कांग्रेबाट रेमश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार, ज्ञानेनद्रबहादुर बार्की र रमेशजंग रायमाझी हुनुहुन्छ । साथै नेकपा एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम र देवेन्द्र दाहाल हुनुहुन्छ । साथै नेकपा माओवादी केन्द्रबाट जर्नादन शर्मा, जगप्रसाद शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल र जसपाबाट प्रकाश अधिकारी हुनुहुन्छ  ।
कार्की आगामी साउन १९ गतेदेखि अवकाशमा जानुहुनेछ ।