१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा क्लब विश्वकपः चेल्सी च्याम्पियन



अ+ अ-

एजेन्सी । इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।

शनिबार राति दुबईको अवुधाबीस्थित मोहम्मद बिन जायद मैदानमा भएको फाइनल खेलमा ब्राजिलियन क्लब पाल्मेरसलाई अतिरिक्त समयमा २(१ गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो । 

चेल्सीलाई च्याम्पियन बनाउन दिलाउन रोमेलु लुकाकु र काइ हाभर्ट्जले एक एक गोल गरे ।

पाल्मेरसका राफेल भेइगाले गरेको गोल सान्त्वना गोल हुन पुग्यो । 

खेलको ५५ औं मिनेटमा रोमेलु लुकाकुले हेडमार्फत गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, खेलको ६४ औं मिनेटमा राफाएल भेइगाले पेनाल्टीमा गोल गर्दै पाल्मेरसलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा चेल्सीका हाभर्ट्जले पेनाल्टीमा निर्णायक गोल गरे । उनले ११७ औं मिनेटमा गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।

चेल्सी पहिलो पटक क्लब विश्वकपको उपाधि जित्न सफल रह्यो । क्लब विश्वकपको उपाधि जित्ने चेल्सी तेस्रो इंग्लिस क्लब बनेको छ । 

यसअघि २००८ मा म्यान्चेस्टर युनाइटेड र २०१९ मा लिभरपुलले क्लब विश्वकपको उपाधि जितेको थियो ।