९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग सांघाई म्युनिसिल पिपुल्स कंग्रेसका अध्यक्ष डोङको शिष्टाचार भेट

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग सांघाई म्युनिसिल पिपुल्स कंग्रेसका अध्यक्ष डोङको शिष्टाचार भेट
अ अ+ अ-

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना संग चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुले शिष्टाचार भेट गर्नुभएको छ ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङले पिपुल्स बिल्डिङमा शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले चीनको औधोगिक शहर सांघाईको बिकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने कुरामा जोड सांघाईबाट काठमाण्डौ र पोखरा सीधा उडान भयो भने त्यसले गर्दा सांघाईको औद्योगिक र व्यापारिक क्षेत्रको पनि नेपालले लाभ लिनसक्छ भन्नुभयो । सीधा उडान हुँदा नेपाली व्यापारीहरू पनि सोझै आउन सक्छन् र यहाँबाट धार्मिक पर्यटकहरू लुम्बिनी जान सक्ने र अन्य पर्यटकहरु पोखरा जान सक्ने उहाँको भनाई थियो । अध्यक्ष तिमिल्सिनाले पोखरा महानगरले सांघाई शहर सँग भगिनी सम्बन्ध राख्ने चाहना व्यक्त गरेको त्यहाँका अधिकारीहरुलाई जानकारी गराउनुभएको थियो ।

चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुले सांघाई सबैभन्दा ठूलो आर्थिक केन्द्र शहर भएको र यसले चीन र नेपालबीचको अन्तर सम्बन्ध बढाउने , अर्थतन्त्र, संस्कृति, पर्यटन र जनजीविकाका क्षेत्रमा दुई स्थानबीचको सहयोगको प्रवाहलाई अझ प्रगाढ बनाउने र दुई देशका जनतालाई फाइदा पु¥याउन मैत्रीपूर्ण आदानप्रदानलाई निरन्तर विस्तार गर्ने बताउनुभयो ।

भेटमा नेपालको संसदीय प्रतिनिधी मण्डलका सदस्य साथै चीनको सांघाईका नेसनल पिपुल्स कङ्ग्रेसको स्थायी समितिका सदस्य, राष्ट्रिय जनकाँग्रेसको विदेश मामिला समितिका उपाध्यक्ष तथा राष्ट्रिय जनकांग्रेसको चीन–नेपाल मैत्री समूहका उपप्रमुख वाङ के र सांघाई म्युनिसिपल पिपुल्स कङ्ग्रेसको स्थायी समितिका महासचिव सी जियाङगाङ लगायत सहभागी हुनुहुन्थ्यो ।

अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधी मण्डलले सांघाईमा साईयाक भोल्क्स्वाजेन न्यु इनर्जी उद्योग, सांघाई ग्रामिण योजना प्रर्दशनी केन्द्र, चीनियाँ कम्युनिष्ट पार्टीको पहिलो सम्मेलन केन्द्र, लगायतका स्थलहरुको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष तिमिल्सिनाले यसअघि भ्रमणका क्रममा बेइजिङमा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हुनिङ संग भेट र द्विपक्षीय वार्ता गर्नुभएको थियो । वार्ताका क्रममा चीनको छेन्दुबाट पोखरा सम्म सिधा हवाई उडान सुरु गर्ने बिषय प्रमुखता पाएको थियो । अध्यक्ष तिमिल्सिना सहितको ९ सदस्यीय नेपाली प्रतिनिधि मण्डल बिहीबार तिब्बत तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।