• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ब्ल्याकमेलिङको राजनीतिक नगर्न रविलाई काँग्रेस सांसद बस्नेतको चेतावनी ★   संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँः राष्ट्रिय सभा सदस्य गौतम ★   अस्पतालबाट डिस्चार्ज भए शत्रुघ्न सिन्हा ★   हरेक निर्वाचन क्षेत्रका चार वटा योजनामा बजेट विनियोजन गर्नुपर्ने नीति बनाउनुपर्छ: सांसदहरु ★   एसइईमा सामुदायिकतर्फ भिमाद जलौदीको बाल शैक्षणिक मावि जिल्लामै प्रथम ★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस् ★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

अर्थतन्त्रको समस्या बजेटले चिनेन: उपाध्यक्ष पौडेल



file photo

काठमाडौँ । नेकपा(एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ ।

सोमवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुन नसक्ने बताउनुभएको हो । उहाँले बजेटले अर्थतन्त्रको समस्या नचिनेको टिप्पणी गर्नुभयो । त्यस्तै देशमा विद्यमान समस्या समाधानका विकल्प र दृष्टिकोणहरु पनि बजेटमा नभएको उहाँको भनाइ छ । उहाँले बजेट हावादारी भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यसले अर्थतन्त्रका समस्या चिनेको पनि छैन । समस्या समाधानका विकल्पहरु, दृष्टिकोणहरु दिन सकेको पनि छैन । स्रोतको प्रश्ताव, अनुमान र खर्चको अनुमान यथार्थपरक पनि छैन । त्यसकारणले यो बजेट कार्यान्वयन हुन्छ कि हुन्न भन्नेकुरामा स्वयं अर्थमन्त्रीजीलाई चिन्ता छैन । सरकारलाई चिन्ता छैन । हामी सबै स्पष्ट छौँ । यो कार्यान्वयन हुने बजेट होइन । चुनौतिको प्रश्न नै भएन नि जुन बजेट कार्यान्वयन हुँदैन यो त स्वयं नै हावादारी बजेट छ ।’

उहाँले बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सरकारलाई समेत चिन्ता नभएको बताउनु यभो ।