६ श्रावण २०८३, बुधबार
,
Latest
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन र हवाई सेवामा लगाएको कर खारेज गर्न व्यवसायीहरुको माग



अ+ अ-

काठमाडौँ । पर्यटन र हवाई सेवामा लगाएको कर खारेज गर्न व्यवसायीहरुले माग गरेका छन् ।

शुक्रवार काठमाडमौंमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै टे«किङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान), होटेल एशोसिएशन अफ नेपाल (हान), वायुसेवा सञ्चालक संघले सरकार समक्ष यस्तो माग राखेका हुन् ।

व्यवसायीहरुले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि व्यवस्था गरेका करका दर खोरज गर्नुपर्ने माग गरेका छन् । व्यवसायीले पर्यटन तथा हवाइ क्षेत्रमा सरकारले व्यवस्था गरेका करका दरप्रति असन्तुष्टि जनाउँदै नयाँ प्रश्ताव राखेका छन् । व्यवसायीहरुले पर्यटन क्षेत्रसँग सम्बन्धित सबै संघ/संगठन सम्मिलित विज्ञ समूह/समिति बनाएर गहन अध्ययन गर्नुपर्ने र घोषित करहरु १ वर्षपछि मात्र लागुू हुनेगरी व्यवस्था गर्न प्रश्ताव गरेका छन् ।

व्यवसायीहरुले कोभिड १९ महामारीबाट भर्खरै लयमा फर्कंदै गरेको पर्यटन क्षेत्रको पुनरुत्थानलाई सहज बनाउन भन्दै बजेटमा भएका घोषणाले पर्यटन उद्योगमा गम्भीर र नकारात्मक असर गर्ने बताए । भन्दै सरकारले यसतर्फ ध्यान दिनुपर्ने समेत बताए । कार्यक्रममा बोल्दै नेपाल पर्यटनका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले नेपालमा फ्लाइट भाडा महंगो भएको बताउनु भयो । उहाँले सस्तो गन्तव्य भनिरहँदा भाडादर भने महंगो भएको बताउनु भयो । उहाँले सरकारले करका दर हेरफेर गर्दा केमा बढाउने र केमा घटाउने भन्ने कुनै छलफल बिना नै भ्याट बढाइएकोप्रति असन्तुष्टि जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा फ्लाइटमा आउन महंगो भएको छ । नेपाल हिजो सस्तो डेस्टिनेशनको कुरा गर्दथ्यौँ तर आज महंगो भइरहेको छ । सरकारले कुनमा भ्याट लगाउने के गर्ने भन्ने छलफल नगरी एकैपटक भ्याट बढाइएको छ । हाम्रो सिस्टम, कर्मचारी संयन्त्र नै अस्थिर छ, यसरी कसरी मुलुकले पर्यटनमा परिवर्तन गर्न सकिन्छ ।’

पत्रकार सम्मेलनमा बोल्दै ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपालका अध्यक्ष निलहरि बाँस्तोलाले सरकारले देशलाई लगिरहेको गतिले व्यवसाय सञ्चालन गर्न नसकिने बताउनु भयो । उहाँले पर्यटन व्यवसायीहरुले चाबी सरकारलाई बुझाएर बस्नुपर्ने स्थिति सिर्जना भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकारले देशलाई जुन गतिमा लैजान खोजिरहेको छ । त्यो देखिँदैन । यसको आशय के बुझिन्छ भने तपाईहरुलाई व्यवसाय गर्नबाट वञ्चित गराउने र पलायन गराउने, व्यवसाय बन्द गराउने बाटोमा सरकार हिँडेको आभाष भएको छ । हामी ताल्चा साँचो सरकारलाई लगेर बुझाउने अवस्थामा पुगेका छौँ ।’

सरकारले नेपालमा हवाई टिकटका भ्याट लगाउँदा विदेशी एजेन्सीबाट टिकट बुकिङ बढ्न सक्ने चेतावनी समेत व्यवसायीले दिएका छन् । भ्याट लगाउँदा विदेशी पर्यटकको टुर प्याकेज महंगो हुने भन्दै व्यवसायीले नेपाल भ्रमणबाट निरुत्साहित हुने बताएका छन् । हिमाल आरोहण, पदयात्रा, जलयात्रा, टुर तथा सफारी प्याकेज कम्तिमा १ वर्ष अगाडीबाटै बुकिङ गरी सोअनुसारको मूल्य राखिने गरेको भन्दै नयाँ थप भएका कर र शुल्कले व्यवसायी मारमा पर्ने उनीहरुको भनाइ छ ।

व्यवसायीले पर्यटकको सवारीको हकमा सवारी साधनको पूर्ण फिटनेश जाँच गरी ३० वर्षे आयु कायम गर्न समेत माग गरिएको छ । पर्यटन व्यवसायीले माफ्नो माग पुरा नभए दवावमुलक कार्यक्रम गर्ने चेतावनी समेत दिएका छन् । आफूहरुको माग सरकारका विभिन्न निकायमा बुझाएको भन्दै व्यवसायीले माग सम्बोधन नभए दबाबमुलक कार्यक्रम गर्ने चेतावनी दिएका हुन् ।