७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

गेटा मेडिकल कलेज सञ्चालनको प्रारूपमै अलमल, स्थानीयवासी चिन्तित

गेटा मेडिकल कलेज सञ्चालनको प्रारूपमै अलमल, स्थानीयवासी चिन्तित
अ+ अ-

धनगढीः कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सञ्चालनको प्रारुपमै अलमल देखिँदा स्थानीयवासीमा चिन्ता र चासो बढेको छ ।

अलमलका बीच मेडिकल कलेजलाई विश्व विद्यालयको प्रारूपमा नै सञ्चालन गर्नुपर्ने मागसहित स्थानीयवासीले सङ्घर्ष गरिरहेका छन् । सङ्घर्ष समितिको आह्वानमा आज गेटा क्षेत्रमा रहेको अत्तरिया बजार बन्द गर्नुका साथै मेडिकल कलेजको भवनमा ‘सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय’ लेखिएको साइन बोर्ड टाँगेका छन् । सङ्घर्ष समितिको अगुवाइमा सरकारलाई ज्ञापनपत्र दिनुका साथै जनसमर्थन जुटाउन लगातार प्रदर्शन, घेराउ र सार्वजनिक बहस कार्यक्रम भइरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत फागुनमा गेटा मेडिकल कलेजका भवन संरचनाको स्थलगत निरीक्षणका क्रममा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी गराउनुभएको थियो ।

सरकारले हालै संसद् समक्ष प्रस्तुत गरेको आर्थिक वर्ष २०८०-८१ को बजेट कार्यक्रममा यो कलेजलाई एकसय शय्यासहित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन बजेट विनियोजन गरेको विषय समेटिएको छ । मेडिकल कलेजलाई कुन प्रारूपमा सञ्चालन गर्ने भन्ने बारेमा सरकारबाट नै आएका दुई फरक निर्णयबाट अन्योल सिर्जना भएको स्थानीयवासीको भनाइ छ ।

गोदावरी नगरपालिका–५ गेटा गाउँमा निर्माणाधीन यो मेडिकल कलेजका संरचना निर्माणको काम लगभग पूरा हुने चरणमा छ । सरकारको प्राथमिकता प्राप्त यो कलेज निर्माणमा हालसम्मको रु पाँच अर्ब ४५ करोड खर्च भइसकेको छ । छ सय शय्याको निर्माण गर्ने लक्ष्यसहित विसं २०६६ मा यो कलेजको संरचना निर्माण सुरु भएको थियो ।

मेडिकल विश्वविद्यालय स्थापनाको पहल गर्न गठित सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ ले मेडिकल कलेजलाई विश्वविद्यालयको प्रारूपमा सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णयबाट खुसी भएका जनता अहिले सरकारको नीति कार्यक्रममै यो कलेजलाई प्रतिष्ठानको प्रारूपमा सञ्चालन गर्ने विषय समेटिँदा निराश भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नीति कार्यक्रममा प्रतिष्ठान बनाउने विषयलाई सच्याएर विश्वविद्यालयको प्रारूपमा सञ्चालन गर्नुपर्ने जनताको माग छ ।” निर्माणको गुरुयोजनाबमोजिम कलेजका झण्डै ४२ संरचनामध्ये २८ भवन संरचना तयार भई निर्माण कम्पनीले हस्तान्तरण गरिसकेको छ । बाँकी संचना हस्तान्तरणको चरणमा छन् । आउने असारसम्म सबै संरचनाको निर्माण पूरा भइसक्ने जनाइएको छ ।

हाल खानेपानी, सडक पूर्वाधार जस्ता साना काम निर्माणाधीन रहेको कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताउनुभयो । विश्व विद्यालय सञ्चालन भएमा स्वास्थ्य क्षेत्रमा उच्चस्तरको जनशक्ति उत्पादनका साथै गुणस्तरीय स्वास्थ्योपचार सेवा प्राप्त हुने र सुदूरपश्चिमको समग्र क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा गणेशबहादुर सिंहले भन्नुभयो, “तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले यो कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रारूपमा सञ्चालन गर्ने भनेर जानुभएको थियो, अहिले प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारूपमा सञ्चालन गर्ने भन्नुभएको छ ।”

उहाँका अनुसार देशका दुई शीर्ष नेताबाट मेडिकल कलेज सञ्चालनको प्रारूपका बारेमा आएको फरक धारणाले अन्योलता बढ्न स्वाभाविक हो । उहाँले थप्नुभयो “सञ्चालनको प्रारूपका बारेमा संसद्बाट पारित भएपछि मात्र ढुक्क हुने अवस्था हुन्छ ।” सुदूरपश्चिम प्रदेशमा पहिलो पटक विसं २०५६ मा मेडिकल कलेज सञ्चालन गर्ने पहल सुरु भएको थियो ।

काँचीकामा कोठी पीठका जगत्गुरु शङ्कराचार्यको संरक्षकत्व र लगानीमा विसं २०५६ मा यसै ठाउँमा स्वास्थ्य आयु विज्ञान प्रतिष्ठान बनाउने पहल गरिएको थियो । कलेज निर्माणका लागि जगत्गुरु शङ्कराचार्यबाट भवन शिलान्यास भएको थियो । तर विविध कारणले थप काम अघि बढ्न सकेन ।

त्यसपछि सरकारले यसै ठाउँमा विसं २०६८ मा मेडिकल कलेज बनाउने निर्णय गरेको हो । झन्झटिलो र लामो प्रक्रियाका कारण कलेजका संरचना निर्माण कार्य ढिलो सुरु भएको थियो । रासस