१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाअभियोग दर्तासँगै प्रधानन्यायाधीश जबरा स्वतः निलम्बन



अ+ अ-

 

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा निलम्बनमा पर्नुभएको छ । उहाँविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि उहाँ स्वतः निलम्बनमा पर्नुभएको हो । महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश जबराले निलम्बित अवस्थामा रहेर काम गर्न नपाउने संवैधानिक व्यवस्था छ।

महाभियोगको प्रस्तावकमा नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ रहनुभएको छ ।

प्रधानन्यायाधीश जबराले आफ्नो संवैधानिक दायित्व पूरा गर्न नसकेको भन्दै उहाँविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराइएको बताइएको छ । मन्त्रिपरिषदमा भागबन्डा खोजेको तथा विभिन्न मुद्दामा सौदाबाजी गरेको आरोप लागेका प्रधानन्यायाधीश राणाविरूद्ध न्याय क्षेत्रभित्रैबाट आन्दोलन भइरहेको छ।