२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

करको दर हामीले हेरफेर गरेका हौं यसमा अनाधिकृत व्यक्तिको संलग्नता छैन– अर्थमन्त्री



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दर हेरफेरमा अनाधिकृत व्यक्तिको संलग्नता नरहेको बताएका छन् ।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नताबारे संसदमा प्रश्न उठेपछि मंगलबार संसदमा स्पष्टीकरण दिँदै अर्थमन्त्री महतले आफ्नो इमान्दारितामाथि शंका नगर्न आग्रह गरे । उनले भने, यहाँ इमानदार भएर काम गर्न अति कठिन रहेछ। इमान्दार हुँदाखेरि प्रश्नमाथि प्रश्न उठ्दोरहेछ । एउटा पत्रिकाले एउटा न्यूज पटक पटक दोहोर्याउँछ । र, त्यसैलाई हामी सत्य ठान्छौं । तर, वास्तविकता कुनै प्रभावनका मुक्त भएर मैले काम गरेको छु ।’

अर्थमन्त्री महतले करको दर हेरफेरबारे आफू सहितका आधिकारिक व्यक्तिहरुले मात्रै निर्णय रहेको स्पष्ट पारे । पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई सहयोगीका रुपमा लिएको मात्र बताए ।

मन्त्री महतले आफू आउनुभन्दा अगाडि नै सहयोगीका लागि रामकृष्ण श्रेष्ठको नियुक्ति भइसकेको बताए । उनले भने, ‘निर्णय प्रक्रियामा उहाँ हुने कुरै भएन । निर्णय गरिसकेपछि निर्णय प्रक्रियामा बसेका पदाधिकारीको उपस्थिति र निर्देशनमा यो यो इन्टर गर भनेर इन्टर गर्ने काम मात्र हो ।’ उनले आफू अर्थमन्त्री भएको दिनदेखि नै कुनैपनि प्रभावबाट मुक्त भएर काम गर्ने प्रतिबद्धताको साथ अघि बढेको बताए ।