२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बगर खेती गर्नेलाई कैलारी गाउँपालिकाले दियो शतप्रतिशत अनुदान, मालपोत शुल्क ५० प्रतिशत मिनाहा



अ+ अ-

कैलाली । जिल्लाको कैलारी गाउँपालिकाले वर्षेनी बाढी र डुबानबाट प्रभावित हुदै आएका परिवारलाई लक्षित गरी बगर खेतीमा शतप्रतिशत अनुदान दिएको छ ।

जिल्लामै सबैभन्दा बढी बाढी र डुबानबाट प्रभावित हुँदै आएको गाउँपालिकाले प्रभावित परिवारको दैनिक जीविकोपार्जन सहज बनाउन बगर खेतीमा प्रोत्साहन गरेको हो ।

गत वर्षको बाढीबाट बिस्थापित १६ घर परिवारलाई टेन्टमा जंगलमा बसोवास गराउँदै आएको गाविसले खासगरी मोहनपुर, शिवरत्नपुर, हौसलपुर, बैसपुर लगायतका बाढी प्रभावितलाई बगर खेतीमा अनुदान दिएको हो । बगर खेती गर्ने प्रविधिका बारेमा गाउँपालिकाको विभिन्न सामाजिक संस्थासँग सहकार्य गरेर इच्छुक किसानहरुलाई खेती प्रणालीको प्रशिक्षण दिने गरिएको गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले बताउनु भयो ।

उहाँले भन्नुभयो “बाढी प्रभावितहरुको आर्थिक अवस्था राम्रो होस् भन्ने उद्देश्यले बगर खेतीका लागि प्रोत्साहन गरेका हौँ । बाढी प्रभावित क्षेत्रहरुमा एकदमै गरिबी छ । आर्थिक अवस्था नाजुक छ । अब स्थानीय सरकारको सिमित स्रोत, साधन हुन्छ । त्यसैले आर्थिक अवस्थामा सहयोग पुगोस् भनेर अनुदानमा बगर खेती गर्न सघाएका हौँ ।

यो गाउँपालिका जिल्लामै सबैभन्दा बढी बाढीप्रभावित क्षेत्र हो । गत वर्षको बाढीले वडा नम्बर ३ को शिवरत्नपुरमा १६ घर परिवारसहितको बस्ती नै बगाएको थियो । उनीहरुको एकधुर पनि जमिन छैन । मोहना जस्ता ठूलाठूला नदीका कारण बजेटको कमीले तटबन्ध निर्माण हुन सकेको छैन । पूरै एरिया नै तटबन्ध गर्नुपर्ने हुन्छ ।”

गाउँपालिकाबाट अनुदान पाएपछि बाढी प्रभावित समुदाय बगर खेतीमा लागेका हुन् । गाविसले उनीहरुलाई बालुवामा खेती गर्ने तरिका सिकाउनुको साथै बीउ, मल तथा कृषि विज्ञको सेवा नि:शुल्क उपलब्ध गराउँदै आएको छ । अहिले मोहना, घुरा लगायतका नदी किनारमा बारेर किसानहरुले बगर खेती गरेको देख्न सकिन्छ । नदी किनारका अधिकांश स्थानहरु बगर खेतीका कारण हरियो देखिने गरेका छन् ।