• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

हिजो अबरुद्ध प्रतिनिधि र राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ कार्यतालिका



काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका विपक्षी पार्टीहरुले संसद अवरुद्ध गरेपछि हिजो स्थगित भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ ।
राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकतासम्बन्धी विधेयकको विरोधमा विपक्षी दलहरुले विरोध जनाउँदा दुवै सदनका बैठक अवरुद्ध भएका थिए । यद्यपि आइतबार सर्वोच्च अदालतले प्रमाणीकरण भएको नागरिकतासम्बन्धी ऐन कार्यान्वयन नगर्नका लागि सरकारका नाममा अन्तरकालिन अन्तरिम आदेश जारी गरेको छ ।
हिजोको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुराको साटो बंगलादेशसम्मको पहुँच माग गरेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्ने आरोप लगाउँदै विपक्षी दलले
जवाफ समेत माग गरेका थिए ।
प्रतिनिधिसभाको आजको बैठक विहान ११ बजे बस्ने कार्यतालिका छ । जसमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।
साथै अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र त्यसमाथि छलफल सुरु हुनेछ ।
आजको प्रतिनिधिसभा बैठकमा गत चैत २२ निधन हुनुभएका संविधानसभा सदस्य श्याम सुन्दर टिवडेवाल र पूर्व संविधानसभा सदस्य मीना पाण्डेको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण र शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्ने कार्यसूची छ ।
साथै राष्ट्रियसभाको आजको बैठक दिउँसो १ः१ बजे बस्ने कार्यतालिका छ । जसमा सभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।
साथै अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र त्यसमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची छ ।