१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपक कार्की कामु प्रधानन्यायाधीश बन्दै



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपक कार्की कायममुकायम प्रधानन्यायाधीश बन्ने हुनुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद् मा  महाअभियोगको प्रस्ताव दर्ता भएपछि उहाँ वरिष्ठतम् न्यायाधीशको हैसियतमा कायममुकायम प्रधानन्यायाधीश नियुक्त हुनलाग्नुभएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध सत्तारुढ गठबन्धनले महाअभियोग प्रस्ताव दर्ता गराएको हो । गठबन्धनले लोकतन्त्र, मानवअधिकार, जनताको न्याय‚ विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र निष्पक्ष र जिम्मेवार न्यायलयको जगेर्ना गर्न वर्तमान प्रधानन्यायाधीश अक्षम रहेको आरोप लगाएको छ। सर्वोच्च अदालत र न्यायालयभित्रै प्रधानन्यायाधीश जबराको कार्यकालमा विकृति विसङ्गति र भ्रष्टाचार बढेको तथा विचौलियाहरूले प्रवेश पाएको र विकृति बढाउँदै लगेको आरोप लगाइएको छ ।

यसअघि विगतमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद् मा महाअभियोगको प्रस्ताव दर्ता  भएपछि उहाँ स्वतः निलम्बनमा पर्नुभएको थियो । त्यसपछि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशको हैसियतले गोपाल पराजुली कायममुकायम प्रधानन्यायाधीश नियुक्त हुनुभएको थियो ।