• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   नेपालले गुमायो दोस्रो विकेट, आसिफ शेख अर्धशतक बनाएर आउट भए ★   हरेक पटक टिममा नयाँ फेरबदल गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ – क्यान ★   त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने ★   बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु ★   नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल १३ रन जोडेर आउट ★   अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य ★   बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार ★   बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै ★   सागर एक्लैले लिए तीन विकेट ★   सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार: राष्ट्रपति

मलेसियाविरुद्ध टी–२० आईको उपाधि नेपाललाई



फाईल फोटो

काठमाडौं । नेपाली महिला क्रिकेट टीमले मलेसियाविरुद्ध टी–२० आईको उपाधि जितेको छ । अन्तिम खेलमा मलेसियालाई तीन विकेटले पराजित गर्दै नेपाली टीमले उपाधि हात पारेको हो ।

मलेसियाले जितको लागि दिएके १ सय १० रनको लक्ष्य पछ्छाएको नेपालले १९।२ ओभरमा ७ विकेट गुमाउँदै आफ्नो लक्ष्य पुरा गर्‍यो र सिरीज हात पार्यो । नेपालको जितमा ओपनर सिता राना मगरले सर्वाधिक ३४ रन बनाईन । कप्तान रुविना क्षेत्री २३ रन जोड्दा अप्सरी बेगम र ज्याती पाण्डे ११ रनमा अविजित रहे ।

बलिङतर्फ मलेसियाको ऐन्ना हाजिमाले दुई विकेट लिईन भने माहिरा, विनिफर्ड, ऐस्या र नुरले समान एक विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा १०९ रन बनाएके थियो । मलेसियाको लागि वान जुलियाले सर्वाधिक ४७ रनको इनिङ खेलनि । ओपनर विनिफर्डले २४ रन र माहिराले २० रन बनाउदा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको बलिङमा कविता जोशीले दुई र इश्वरी विष्टले एक विकेट लिए ।

शृंखलाको पहिलो खेल हारेको नेपाल दोस्रो र तेस्रो खेल जित्दै जित नजिक पुगेको थियो । चौथो खेलमा मलेसियाले नेपाललाई हराउँदै शृंखला बराबरी गरेको थियो । तर, अन्तिम खेलमा नेपालले शानदार जित निकाल्दै शृंखला ३–२ को अन्तरमा विजयी भएको हो ।