• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

आज प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल सुरु हुने



काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्नेभएको छ । विहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले वक्तव्यसहित आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

अर्थमन्त्री महतले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुभएको थियो । बजेटमाथि आजदेखि छलफल सुरु हुन लागेको हो ।

सो प्रस्तावपछि आजदेखि उक्त प्रस्तावमाथि सामान्य छलफल सुरु हुनेछ । आजको कार्यक्रममा पूर्व सांसद तथा महिला बालबालिका तथा समाजकल्याण राज्यमन्त्री मीना पाण्डेको निधनप्रति शोक प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची समेत छ ।