१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायपालिकामा देखिएको अवरोध फुकाउन महाअभियोगः मन्त्री बडु



file photo
अ+ अ-

काठमाडौँ। कानुन न्याय तथा संसदिय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायपालिकामा देखिएको अवरोध फुकाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरिएको बताएका छन् । 

आइतबार महाअभियोग दर्ता गर्न संसद सचिवालय पुगेका बडुले न्यायपालिकामा अवरोध फुक्न नसक्ने अवस्था आएकोले महाअभियोग दर्ता भएको बताए ।

न्यायपालिका स्वतन्त्र निकाय रहेको र यस क्षेत्रलाई स्वतन्त्र रुपमै चल्नदिनुपर्ने भन्दै प्रधानन्याधिशलाई निकास दिन आग्रह गरेपनि अवरोध फुक्न नसक्ने अवस्था आएकोले महाअभियोग दर्ता गर्नुपरेको उनको भनाई छ । 

महाअभियोग पास हुनको लागि दुई तिहाई सांसदको समर्थन चाहिने भन्दै न्यायलयको लागि सांसदहरुले समर्थन गर्नेमा आफू विश्वस्त रहेको पनि बताए । यस्तै, उनले सांसदहरुले विवेक प्रयोग गरेर समर्थन गर्न पनि आह्वान गरे । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा आइतबार विहान महाअभियोग दर्ता भएको छ । 

सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार सो प्रस्तावको प्रस्तावक नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठ र समर्थकमा नेपाली कांग्रेसका डा मीनेन्द्र रिजालसहित ९५ सांसद रहेका छन् ।