२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली भुटानी शरणार्थी प्रकरण: बालकृष्ण खाँण, टेकनाथ रिजाल र हरिकृष्ण महर्जनको बयान जारी



file photo
अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत, काठमाडौंमा पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणको बयान जारी छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै असुली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा खाँणलाई पक्राउ गरिएको थियो । खाँणसहित शरणार्थी अधिकारवादी नेता टेकनाथ रिजाल र हरिकृष्ण महर्जनको पनि बयान भइरहेको छ ।

उक्त प्रकरणमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले ३० जनालाई प्रतिवादी बनाएर राष्ट्रहित प्रतिकूल हुने कसूर, संगठित ठगी र कीर्तेमा मुद्दा दायर गरेको थियो । पक्राउ परेकामध्ये १५ जनाको बयान सकिइसकेको छ ।

आइतबारदेखि थुनछेक बहस हुँदैछ । बहसपछि आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एक आदेश हुनेछ ।