• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   गिरिजाप्रसाद कोईरालालाई स्मरण गर्दै नेताहरुले भने: शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन ★   झापामा हात्तीको त्रास, चालु आवमा छ जनाको मृत्यु ★   डेङ्गु सङ्क्रमणको जोखिम रोक्न उच्च सतर्कता ★   सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु ★   भरतपुर महानगरपालिकाद्वारा सन्दीप लामिछानेलाई सम्मान ★   पोखरा महानगरपालिकामा अख्तियारको छापा ★   एमाले सचिवालय बैठक जारी – फोटोफिचर ★   उतारचढावबीच नेप्से परिसूचक ४७ दशमलव ०४ अङ्कले बढ्यो

काँग्रेस भित्रका सबै गुटहरुलाई भत्काउनुपर्छ: महामन्त्री थापा



काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटहरुलाई भत्काउनुपर्ने बताउनुभएको छ । बिहीवार नेपाल

छापाखाना तथा सञ्चार सम्वद्ध श्रमिक संघको आयोजनामा काठमाडौंमा भएको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठिमा बोल्दै महामन्त्री थापाले काँग्रेस पुर्ननिर्माणका निम्ति सबै गुटहरुलाई भत्काउनुपर्ने बताउनुभएको हो । उहाँले काँग्रेसलाई सुधार्नका लागि सबै गुटहरु भत्काउनु आवश्यक रहेको बताउनु भयो । उहाँले काँग्रेसभित्र अब परिवर्तन चाहने र परिवर्तन रोक्नेहरुबीच दुई गुट मात्रै बनाउनुपर्ने भन्दै विगतका जो कोही दाईहरुको साथ छोड्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘आजको दिनमा नागरिकलाई सोध्यो भने कुशासन, भ्रष्टाचार, बेथिति यो तीनवटा कुराबाट ऊ आजित छ । पार्टीसँग मान्छे जोडिने भनेको आशाले जोडिने रहेछ । पार्टीले भविष्यप्रति आशावादी बनायो भने मान्छे आउँछ । कुशासन, बेथिति, भ्रष्टाचार छ । नेपाली काँग्रेसले कुशासन, बेथिति, भ्रष्टाचार म हटाउँछु र तिमीलाई आजभन्दा भोलि राम्रो बनाउँछु । राम्रो अवसर दिन्छु भनेर आश्वस्त पार्नसक्यो भने यो पार्टीको घर भरिन्छ । नयाँ मान्छे आउँछन् । नआउने कुरै छैन । काँग्रेस कमजोर हुने कुरै छैन । यो पार्टीको पुन:निर्माण सम्भव छ । हामी बनाउने हो यसलाई । तर कसरी सम्भव छ भने यो कोठाभित्र मान्छेलाई पस्न मन लाग्ने हामीले बनाउनुपर्ने छ ।

उसले हाम्रो अनुहार देख्दैगर्दा हामीलाई हेरेर भविष्यप्रति आश्वस्त होस् न । मेरो आग्रह छ, नेपाली कांग्रेस पार्टीभित्र अब यसलाई सुधार्ने हो भने काँग्रेसभित्र हामीले भएको गुट सबै भत्काउनुपर्छ । जम्मा काँग्रेसमा दुईवटा गुट छ भन्ने बनाउँ । जम्मा दुईवटा गुट काँग्रेसमा अब । एउटा गुट काँग्रेसमा परिवर्तन चाहने गुट । एउटा गुट परिवर्तन रोक्ने गुट । यो दाई, त्यो दाई सबै छोडिदिनुहोस् । हिजो को दाईसँग को लाग्यो सब बिर्सौं अब । हिजो एउटा अवस्था थियो । अब काँग्रेसभित्र काँग्रेस बदलेर छोड्ने एउटा गुट, होइन बदल्न मिल्दैन कहाँ दाईहरु रिसाउनुहुन्छ भन्ने हो भने त्यो अर्को गुट । जो दाईसँग लाग्छ दाईसँगै जाने । जो आउँछ त्यो सँगसँगै जाने । गर्दै जाने, काम गर्दै जाने । यो बाटो बनाउन सकियो भने पार्टी बाँच्यो । पार्टी बचाउने हो ।’

महामन्त्री थापाले नागरिकहरु कुशासन, भ्रष्टाचार र बेथितिका कुराहरुबाट आजित रहेको उल्लेख गर्दै काँग्रेसले यि तीन कुराहरुलाई हटाउँछ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताउनु भयो । उहाँले काँग्रेसले मानिसहरुलाई भविष्यप्रति आश्वस्त पार्न सकेमा मात्रै नयाँ मानिसहरु पार्टीमा आउने बताउनुभयो । उहाँले कांग्रेसको पुन:निर्माण सम्भव भएको बताउनु भयो ।