१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाअभियोग दर्ताको पत्र बुझेर सर्वोच्चबाट बाहिरिए चोलेन्द्रशम्सेर



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा सर्वोच्च अदालतबाट बाहिरिएका छन् ।

उनी महाअभियोग लागेको पत्र बुझेलगत्तै सर्वोच्चबाट बाहिरिएका हुन् । 

सत्ता गठबन्धनका सांसदहरुले आज बिहान संसद सचिवालयमा प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । सचिवालयले पत्रमार्फत् त्यसको जानकारी प्रधानन्याधीशलाई दिएको थियो ।

२०७५ पुस १८ गते प्रधानन्यायाधीश पद सम्हालेका उनी महाअभियोग प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश पदबाट स्वतः निलम्बनमा परेका छन् ।

जबरा निलम्बनमा परेपछि वरिष्ठ न्यायाधीश दीपक कुमार कार्कीले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन् ।