काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा सर्वोच्च अदालतबाट बाहिरिएका छन् ।
उनी महाअभियोग लागेको पत्र बुझेलगत्तै सर्वोच्चबाट बाहिरिएका हुन् ।
सत्ता गठबन्धनका सांसदहरुले आज बिहान संसद सचिवालयमा प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । सचिवालयले पत्रमार्फत् त्यसको जानकारी प्रधानन्याधीशलाई दिएको थियो ।
२०७५ पुस १८ गते प्रधानन्यायाधीश पद सम्हालेका उनी महाअभियोग प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश पदबाट स्वतः निलम्बनमा परेका छन् ।
जबरा निलम्बनमा परेपछि वरिष्ठ न्यायाधीश दीपक कुमार कार्कीले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन् ।