२४ भाद्र २०८३, बुधबार
,
Latest
‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

३७ लाखले पाउँछन् सामाजिक सुरक्षा भत्ता



अ+ अ-
काठमाडौँ । नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको सङ्ख्या बढेको छ । चालुु आर्थिक वर्ष २०७९/८० पहिलो आठ महिनासम्म सरकारबाट मासिक भत्ता प्राप्त गर्नेको सङ्ख्या ३६ लाख ८३ हजार ६५८ रहेको छ ।
सरकारले आइतबार सार्वजनिक गरेको चालुु आर्थिक वर्ष २०७९/८०को आर्थिक  सर्वेक्षण अनुसार चालुु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता लिनेको सङ्ख्या गत आर्थिक वर्ष २०७८/७९ को भन्दा ८१ हजार जना बढी हो ।
गत आर्थिक वर्षमा ३६ लाख दुुई हजार ७०५ जनाले मासिक रूपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका थिए । राष्ट्रिय योजना आयोगका अनुसार २०६८/६९  मा सङ्क्रमणकालीन  अवधिमा मानिसमा गएको सामाजिक सुरक्षाको रकम २० लाख मात्रै थियो । आर्थिक वर्ष  २०७१/७२ मा २१ लाख ३३ हजार मासिक लाभान्वित भएका थिए । १५ औँ आवधिक योजना पहिलो वर्ष २८ लाख लाभान्वित भएकामा २०७९/८० को फागुनसम्म  लाभ  लिनेको  सङ्ख्या ३७ लाखको हारहारीमा  पुुगेको छ ।
कुल जनसङ्ख्याको ३० प्रतिशतलाई  सामाजिक सुरक्षा सामाजिक  सुरक्षाको  कर्भेजमा  नेपालले कुल जनसङ्ख्याको ३० प्रतिशत उपलब्धि प्राप्त गरेको छ । आयोगले १५ औँ आवधिक योजनामा सामाजिक  सुरक्षा  कर्भेजको  अवस्था ६० प्रतिशत पुु¥याउने लक्ष्य लिएकामा एक वर्ष बाँकी रहँदा ३० प्रतिशत पुु¥याएको हो  ।
जबकि १५औँ आवधिक योजनाको प्रथम वर्षमा हुँदा नेपाल  सामाजिक  सुरक्षा कर्भेजको अवस्था १७ प्रतिशत मात्रै थियो । आयोगका अनुसार सामाजिक सुरक्षाका लागि चालुु  आर्थिक वर्ष २०७९/८० मा सामाजिक सुरक्षा अन्तर्गत हुने खर्च दुुई खर्ब ४९ अर्ब ८१ करोड रुपैयाँ छ । यो रकम भनेको कुल राष्ट्रिय बजेटको १३.९ प्रतिशत हो । देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) को ४.७ प्रतिशत रहेको छ । १५ औँ आवधिक सामाजिक सुरक्षा कर्भेजको अवस्था हेर्दा थोरै भए पनि दक्षिण एसियाली मुुलुकुको तुलना गरेर हेर्दा बङ्गलादेश, श्रीलङ्काबाहेक नेपाल  अगाडि  भएको  अर्थविद्हरूले  बताउँदै  आएका  छन्  ।
सामाजिक  सुरक्षाको कर्भेजमा नेपालले हालसम्म प्राप्त  गरेको  उपलब्धिलाई  सकारात्मक रूपमा लिँदै यसलाई दिगो बनाउनुपर्ने कार्यक्रम सञ्चालन हुनुपर्नेमा उहाँहरूको जोड रहेको छ । १० वर्षअगाडि कुल बजेटको सात प्रतिशत सामाजिक सुरक्षामा खर्च भएकामा अहिले बढेर झन्डै १४ पुगेकाले यसलाई दिगो अर्थतन्त्रको क्षमता  र  आवश्यकताका  आधारमा  नगद  वितरणमुखी नभएर सेवामुखी बनाइनुपर्ने कुरा उठ्दै आएको छ ।
चालुु  आर्थिक  वर्षको  आर्थिक  सर्वेक्षण  प्रतिवेदनमा  सामाजिक  सुरक्षाको  कर्भेज  दिगो  र शतप्रतिशतमा पु¥याउन योगदानमा आधारित सामाजिक सुरक्षा कार्यव्रmमलाई व्यापक विस्तार गर्नुुपर्ने आवश्यकता औँल्याइएको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।