२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

३७ लाखले पाउँछन् सामाजिक सुरक्षा भत्ता



अ+ अ-
काठमाडौँ । नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको सङ्ख्या बढेको छ । चालुु आर्थिक वर्ष २०७९/८० पहिलो आठ महिनासम्म सरकारबाट मासिक भत्ता प्राप्त गर्नेको सङ्ख्या ३६ लाख ८३ हजार ६५८ रहेको छ ।
सरकारले आइतबार सार्वजनिक गरेको चालुु आर्थिक वर्ष २०७९/८०को आर्थिक  सर्वेक्षण अनुसार चालुु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता लिनेको सङ्ख्या गत आर्थिक वर्ष २०७८/७९ को भन्दा ८१ हजार जना बढी हो ।
गत आर्थिक वर्षमा ३६ लाख दुुई हजार ७०५ जनाले मासिक रूपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका थिए । राष्ट्रिय योजना आयोगका अनुसार २०६८/६९  मा सङ्क्रमणकालीन  अवधिमा मानिसमा गएको सामाजिक सुरक्षाको रकम २० लाख मात्रै थियो । आर्थिक वर्ष  २०७१/७२ मा २१ लाख ३३ हजार मासिक लाभान्वित भएका थिए । १५ औँ आवधिक योजना पहिलो वर्ष २८ लाख लाभान्वित भएकामा २०७९/८० को फागुनसम्म  लाभ  लिनेको  सङ्ख्या ३७ लाखको हारहारीमा  पुुगेको छ ।
कुल जनसङ्ख्याको ३० प्रतिशतलाई  सामाजिक सुरक्षा सामाजिक  सुरक्षाको  कर्भेजमा  नेपालले कुल जनसङ्ख्याको ३० प्रतिशत उपलब्धि प्राप्त गरेको छ । आयोगले १५ औँ आवधिक योजनामा सामाजिक  सुरक्षा  कर्भेजको  अवस्था ६० प्रतिशत पुु¥याउने लक्ष्य लिएकामा एक वर्ष बाँकी रहँदा ३० प्रतिशत पुु¥याएको हो  ।
जबकि १५औँ आवधिक योजनाको प्रथम वर्षमा हुँदा नेपाल  सामाजिक  सुरक्षा कर्भेजको अवस्था १७ प्रतिशत मात्रै थियो । आयोगका अनुसार सामाजिक सुरक्षाका लागि चालुु  आर्थिक वर्ष २०७९/८० मा सामाजिक सुरक्षा अन्तर्गत हुने खर्च दुुई खर्ब ४९ अर्ब ८१ करोड रुपैयाँ छ । यो रकम भनेको कुल राष्ट्रिय बजेटको १३.९ प्रतिशत हो । देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) को ४.७ प्रतिशत रहेको छ । १५ औँ आवधिक सामाजिक सुरक्षा कर्भेजको अवस्था हेर्दा थोरै भए पनि दक्षिण एसियाली मुुलुकुको तुलना गरेर हेर्दा बङ्गलादेश, श्रीलङ्काबाहेक नेपाल  अगाडि  भएको  अर्थविद्हरूले  बताउँदै  आएका  छन्  ।
सामाजिक  सुरक्षाको कर्भेजमा नेपालले हालसम्म प्राप्त  गरेको  उपलब्धिलाई  सकारात्मक रूपमा लिँदै यसलाई दिगो बनाउनुपर्ने कार्यक्रम सञ्चालन हुनुपर्नेमा उहाँहरूको जोड रहेको छ । १० वर्षअगाडि कुल बजेटको सात प्रतिशत सामाजिक सुरक्षामा खर्च भएकामा अहिले बढेर झन्डै १४ पुगेकाले यसलाई दिगो अर्थतन्त्रको क्षमता  र  आवश्यकताका  आधारमा  नगद  वितरणमुखी नभएर सेवामुखी बनाइनुपर्ने कुरा उठ्दै आएको छ ।
चालुु  आर्थिक  वर्षको  आर्थिक  सर्वेक्षण  प्रतिवेदनमा  सामाजिक  सुरक्षाको  कर्भेज  दिगो  र शतप्रतिशतमा पु¥याउन योगदानमा आधारित सामाजिक सुरक्षा कार्यव्रmमलाई व्यापक विस्तार गर्नुुपर्ने आवश्यकता औँल्याइएको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।