७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन

शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन
अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कानुन बमोजिम कारबाहीको माग गर्दै सिंहदरबारको दक्षिण मूल ढोकाअघि प्रदर्शन गरिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर, तीन तहको सरकार स् सुशासन, पारदर्शीता र जवाफदेहीता सुनिश्चित गर, लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरुप आचरण गर भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजको आह्वानमा प्रदर्शन गरिएको हो ।

लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेको संस्था शान्ति समाजले १६आँै गणतन्त्र दिवसको पूर्वसन्ध्यामा काठमाडाँैमा प्रदर्शन गरेको हो । प्रदर्शनबाट प्रहरीले १७ जना अधिकारकर्मीलाई गिरफ्तार गरेको छ ।

प्रदर्शन प्रारम्भ हुनासाथ प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, नागरिक अगुवा अर्जुन पराजुली, उत्तम पुडासैनी, विमल अर्याल, अधिकारकर्मीहरु चन्द्रमणि बञ्जारा, नम्रता खरेल, किरण ढकाल, दिवाकर पुडासैनी, बलबहादुर गाहा मगर, उमा गौतम, भगवान् पुडासैनी, ईश्वर पुडासैनी, जयराम पुडासैनी, विकास थापा, रमेशकुमार बराल, चन्द्रमणि गौतम, रीता अधिकारीसहित १७ जनालाई गिरफतार गरेको हो ।

गिरफ्तार अधिकारकर्मीलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ । प्रदर्शनमा भ्रष्टाचार हटाउ स् लोकतन्त्र बचाऊ, शीर्ष नेताको सम्पत्ति छानबिन गर, नक्कली शरणार्थी प्रकरण : शीर्ष नेतामाथि छानबिन खोइ रु, शीर्ष नेता भ्रष्ट छन् स् नेपाली जनता त्रस्त छन्, लेखिएका प्लेकार्ड सो अवसरमा प्रदर्शन गरिएको थियो ।

शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणको सूक्ष्म अध्ययनरअनुसन्धान गरी दोषी प्रमुख दलका शीर्ष नेतासहित जो कोही हुन् कानुनसम्मत कारबाही गर्न माग गर्दै जेठ १ गतेदेखि सुरु गरेको अभियानका क्रममा २२ जिल्लामा ५० वटा धर्ना एवं प्रदर्शन भइसकेको छ । यो प्रकरणमा संलग्नलाई उन्मुक्ति दिन गरिने कुनै पनि प्रयास र सौदाबाजीको शान्ति समाजले निन्दा गर्दै आएको छ ।