२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

खोप लगाउन दबाब

खोप लगाउन दबाब
symbolic picture of vaccine
अ अ+ अ-

चितवन । यसअघि मापदण्डमा परेर पनि कोरोना विरुद्धको खोप लगाउन वास्ता नगरेकाहरूले यस पटक खोप लगाइदिन दबाव दिएका छन् । जिल्लामा आज र भोलि गरेर ११ हजार जनालाई खोप लगाइँदै छ । जिल्लाका सात पालिकाका ७९ केन्द्रमार्फत खोप लगाउन लागिएको हो । विसं २०१४ जेठ २५ गतेदेखि २०१६ जेठ २५ गतेभित्र जन्मिएका वृद्धवृद्धालाई मात्रै खोप लगाइने छ । मापदण्डमा नपरेका र छुटेकाले सम्बन्धित स्वास्थ्य कार्यालयमा दबाव दिँदै आएका छन् । राजनीतिक दल, पद र प्रतिष्ठाको धाक लगाउँदै उक्त समूहमा नपरेकाहरूले पनि ‘खोप लगाइदिन पर्यो’ भन्दै दबाव दिन थालेका हुन् ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले तोकिएको उमेर समूहबाहेकका कसैलाई पनि खोप लगाउन सम्भावना नै नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “थेग्नै नसक्ने गरी दबाव आएको छ ।” उहाँले सरकारले निश्चित उमेर समूह र सङ्ख्या तोकेर निश्चित खोप मात्रै पठाएकाले तोकिएकाबाहेक कसैलाई पनि खोप लगाउन नसकिने बताउनुभयो । अतिरिक्त खोप नभएकाले अन्यलाई लगाउन सक्ने सम्भावना नरहेको उहाँको भनाइ छ । यसअघि खोप लगाउँदा लक्षित समूहकाले खोप लगाउन अस्वीकार गरेको ठाउँमा अन्यले लगाएको भए पनि अहिले त्यस्तो अवस्था नरहेको उहाँको भनाइ छ । 

चीन सरकारको अनुदानमा प्राप्त भेरोसिल नामक खोप जो जहाँ छ त्यहीँ लगाउने गरी दिइन थालिएको हो । हरेक वडामै खोपको व्यवस्था गरिएको छ । कतिपय वडाहरू जोडेर खोप केन्द्र तोकिएको छ । भरतपुर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख दीपक सुवेदी सबैतिरबाट खोप लगाइदिन दबाव आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चिनेका र अत्यावश्यकबाहेक कसैको पनि फोन उठाउन सकेको छैन ।”

उहाँले आआफ्नो वडाको खोप केन्द्रमा नै गएर खोप लगाउनसमेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “एउटा वडाको व्यक्ति अर्को वडामा जाँदा खोप व्यवस्थापनमा समस्या पर्छ ।” नेपाल सरकारले जारी गरेका नागरिकता, ज्येष्ठ नागरिक परिचयपत्र, लाइसेन्स जस्ता कुनै पनि परिचयपत्रका आधारमा खोप लगाइने उहाँले बताउनुभयो । कुनै पनि परिचयपत्र नभएकाका लागि भने सम्बन्धित वडाको सिफारिसमा खोप लगाउने व्यवस्था गरिएको छ ।

यस्तै भेरोसिलको पहिलो डोज लगाएर दोस्रो डोज नलगाएकाहरूले पहिलो खोप लगाएको कार्ड लिएर आएमा भने दोस्रो डोज खोप लगाइने व्यवस्था गरिएको छ । यसअघि काठमाडौँसहित केही जिल्लामा भेरोसिलको पहिलो डोज लगाइएको थियो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अन्य जोखिममा रहेका समूहका लागि खोपको माग गरेर पत्राचार गरिएको भन्दै अहिले लक्षित समूहबाहेक अन्यलाई खोप लगाउन नसकिने बताउनुभयो । उहाँले खोप आए लगत्तै लक्षित र जोखिममा परेकाहरूलाई क्रमशः खोप लगाइने भएकाले यस अभियानमा सहयोग गरिदिन अनुरोध गर्नुभयो । प्रत्येक खोप केन्द्रमा नेपाल प्रहरीले सुरक्षा दिने छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइने छ ।

कोरोना कहरका कारण भिडभाड नगरी स्वास्थ्य मापदण्डको पालना गर्दै खोप दिन लागिएको हो । खोप केन्द्रमा छुटपुट भएकालाई जेठ २७ गते एउटा पालिकामा एक ठाउँमा खोप दिने व्यवस्था रहेको छ ।जिल्लामा यसअघि दुई चरणको खोप अभियान सम्पन्न भएको छ । ती अभियानमा ३९ हजार जनताले पहिलो खोप लगाएका छन् ।