३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुन्डेसलिगाः डर्टमण्डलाई स्तब्ध पार्दै बायर्न च्याम्पियन



अ+ अ-

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगाको उपाधि बायर्न म्युनिखले जितेको छ । भर्खरै सम्पन्न खेलमा एफसी कोल्नलाई २–१ ले हराउँदै बायर्न च्याम्पियन बनेको हो ।

खेलको आठौं मिनेटमा किंग्स्ले कोमानले गोल गर्दै पाहुना टोली बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । ८१ औं मिनेटमा डेजान जुविचिचले पेनाल्टीमा गोल गर्दै कोल्नलाई १–१ को बराबरीमा ल्याए ।

८९ औं मिनेटमा जमाल मुसियालाले गोल गर्दै बायर्नलाई जितमात्र दिलाएनन् जारी सिजनको उपाधि समेत दिलाए । यता, माइन्जसँग २–२ गोलको बराबरीसँगै डर्टमण्ड भने उपाधि जित्न चुक्यो ।

डर्टमण्डलाई जितको आवश्यक थियो । समान ७१–७१ अंक भएपनि बायर्न गोलडिफरेन्सको आधारमा च्याम्पियन बनेको हो ।