• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
Latest
★   इंग्ल्याण्डलाई ६८ रनले हराउँदै भारत टी–२० विश्वकपको फाइनलमा ★   झापामा खोलाले बगाउँदा दुई बेपत्ता ★   नेपाल-भारतबीचको प्रगाढ सम्बन्ध कायमै राख्नुपर्नेमा जोड ★   घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य ★   चिनियाँसँग बिहे गराईदिने भन्दै चीन लगेर बन्धक, एक पक्राउ ★   प्रमिश ! मैले जीवनको परिभाषा जानिन ★   बालुवाटारमा प्रमुख तीन दलको बैठक जारी ★   नेपाल मेरा लागि दोस्रो घर हो: भारतीय अभिनेत्री जयप्रभा ★   सम्मानित नेता र वरिष्ठ उपाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी बनाउने एकीकृत समाजवादीको निर्णय ★   लामखुट्टेलाई भगाउन घर वरिपरि रोप्नुहोस् यी बोटबिरुवा

बुन्डेसलिगाः डर्टमण्डलाई स्तब्ध पार्दै बायर्न च्याम्पियन



एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगाको उपाधि बायर्न म्युनिखले जितेको छ । भर्खरै सम्पन्न खेलमा एफसी कोल्नलाई २–१ ले हराउँदै बायर्न च्याम्पियन बनेको हो ।

खेलको आठौं मिनेटमा किंग्स्ले कोमानले गोल गर्दै पाहुना टोली बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । ८१ औं मिनेटमा डेजान जुविचिचले पेनाल्टीमा गोल गर्दै कोल्नलाई १–१ को बराबरीमा ल्याए ।

८९ औं मिनेटमा जमाल मुसियालाले गोल गर्दै बायर्नलाई जितमात्र दिलाएनन् जारी सिजनको उपाधि समेत दिलाए । यता, माइन्जसँग २–२ गोलको बराबरीसँगै डर्टमण्ड भने उपाधि जित्न चुक्यो ।

डर्टमण्डलाई जितको आवश्यक थियो । समान ७१–७१ अंक भएपनि बायर्न गोलडिफरेन्सको आधारमा च्याम्पियन बनेको हो ।