१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह

संसद सचिवालयले प्रधानन्यायधीश राणा निलम्बन भएको सूचना ६ निकायमा पठायो

संसद सचिवालयले प्रधानन्यायधीश राणा निलम्बन भएको सूचना  ६ निकायमा पठायो
अ अ+ अ-

काठमाडौँ । संसद सचिवालयले  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोगको कारबाही प्रारम्भएको हुँदा नेपालको संविधानको धारा १०१ को उपधारा ९६० तथा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम ९९० बमोजिम महाअभियोगको टुङ्गो नलागेसम्म जबराले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने जानकारी गराएको छ ।

प्रधानन्यायाधीश जबराले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने भनी संसद् सचिवालयले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद् र प्रधानन्यायाधीश जबरालाई सम्बोधन गरी जानकारी गराएको हो ।

प्रधानन्यायाधीश जबराले पदअनुकूलको आचरण नगरेको एवं संविधान र कानूनको गम्भीर उल्लङ्घन गरेको कारण उल्लेख गरी प्रतिनिधिसभाका तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइभन्दा बढी सदस्यहरुले नेपालको संविधानको धारा १०१ र प्रतिनिधिसभा नियमावली, २०५५ को नियम १६१ बमोजिम आज निजविरुद्ध दिएको महाअभियोगको सूचना संसद् सचिवालयमा सभामुखमार्फत प्राप्त भएको सचिवालयले जनाएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध सत्तारुढ गठबन्धनले २१ बुँदे अभियोग लगाएको छ । गठबन्धनले लोकतन्त्र, मानवअधिकार, जनताको न्याय‚ विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र निष्पक्ष र जिम्मेवार न्यायलयको जगेर्ना गर्न वर्तमान प्रधानन्यायाधीश अक्षम रहेको आरोप लगाएको छ।

सर्वोच्च अदालत र न्यायालयभित्रै प्रधानन्यायाधीश जबराको कार्यकालमा विकृति विसङ्गति र भ्रष्टाचार बढेको तथा विचौलियाहरूले प्रवेश पाएको र विकृति बढाउँदै लगेको आरोप लगाइएको छ । 

संसद्मा दर्ता गराएको महाअभियोग प्रस्तावको छायाँप्रतिसमेत संसद् सचिवालयले उल्लिखित संस्थाहरुलाई उपलब्ध गराएको जनाएको छ ।