• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित ★   प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी ★   स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड

पशुपतिको जलहरीबारे उठेको प्रश्नका विषयमा सर्वदलीय बैठक जारी



संसद बैठक अवरुद्ध गर्दै एमाले सांसदहरु

काठमाडौं । शुक्रबार प्रतिनिधिसभाको बैठकमा पशुपतिको जलहरीबारे प्रश्न उठेपछि त्यस विषयमा सर्वदलीय बैठक बसिरहेको छ ।

सभामुखको कार्यकक्षमा बसेको बैठकमा सबै दलका प्रमुख सचेतक र ठूला दलका सचेतकहरु सहभागी रहेका छन् ।

सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि एमाले सांसदहरुले सरकारबिरुद्ध नाराबाजी गर्दै वेल घेराउ गरेका थिए ।

उक्त आरोप सत्यताका आधारित नभएको भनी एमालेले विरोध जनाएको छ । सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरुले संसद चल्न नदिने अडान लिएका थिए । एमालेले प्रतिनिधिसभाको बैठक नै अवरुद्ध गरेपछि समाधानको उपाय खोज्न सर्वदलीय बैठक बसेको हो ।