२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता

जीविका चलाउन मजदूरी गर्दै थारु महिला

जीविका चलाउन मजदूरी गर्दै थारु महिला
अ अ+ अ-

महेन्द्रनगर । कैलालीको टीकापुरका २५ वर्षीया बबिता चौधरी श्रीमानसँगै मजदूरी गर्न कञ्चनपुरको महेन्द्रनगर पुगेको वर्षौं भयो । अढाई वर्षीय छोरालाई डेरामै छाडेर घर निर्माणमा मजदूरी गर्न जाने गरेकी बबिता आर्थिक अवस्था कमजोर हुँदा नै बाध्यताले कडा परिश्रम गरेर जीविका चलाउनु परेको पीडा पोख्नुहुन्छ ।

उहाँहरु दुवैको कमाइले जीविका चलिरहेको छ । “कमाएको मध्ये अलिकति बैंकमा बचत पनि गरेकी छु” उहाँले भन्नुभयो, “यहाँ शिविरमा डेरा गरी बजार क्षेत्रमा मजदूरी गरिरहेका छौँ । दैनिक रु ५०० ज्यालाबाट घरखर्च पुर्‍याएर केही पैसा वचत गरेको हुँ ।”

उहाँले बन्दाबन्दीअघि साहुको घरमा दैनिक सरसफाइ र लुगा धुने काम पनि गर्ने गरेको बताउनुभयो । “अहिले बन्दाबन्दीले घरघरमा पुगेर सरसफाइ गर्ने काम रोकिएको छ” उहाँले भन्नुभयो, “कोरोना त्रासका बीच मजदूरी गर्न भने गएकै छु ।” कुनै समय यहाँ खेतीबारीको काममा बढी सक्रिय रहने थारु समुदायका महिलाहरु पछिल्लो समय विभिन्न सीपमूलक तालीम लिएर घर निर्माण, वायरिङ्ग, तरकारी खेतीलगायतका आयमूलक काममा लागेका देखिन्छन् ।

त्यसैगरी कैलालीको जोशीपुर गाउँपालिका–३ का ४० वर्षीय सोनमती कठरिया श्रीमान लालराम र २१ वर्षीया छोरी अनिमासहित महेनद्रनगरमा मजदूरी गर्दै आएका छन् । लालराम घर बनाउने मिस्त्री हुन् भने छोरी र श्रीमती घर निर्माणमा मजदूरी काम गर्ने गर्दछन् । “छ महिना जति भारतको मन्सुरीमा पनि मजदूरी गरेँ” सोनमतीले भन्नुभयो, “अरुको देशमा पसिना बगाउनुभन्दा आफ्नै ठाउँमा काम गरौँ भनेर महेन्द्रनगरमै मजदूरी गर्न थाल्यौँ ।”

उहाँले श्रीमान, आफ्नो र छोरीको कमाइले मुश्किलले घरखर्च टर्ने गरेको बताउनुभयो । “श्रीमानको मात्रै कमाइले छोराछोरीको खर्च नै पुग्दैन् ।” सात छोराछोरी भएकी सोनमतीले भन्नुभयो, “गाउँमा कमाइखाने जग्गा छैन, हहामीहरुका लागि मजदूरी नै जीवन निर्वाहको विकल्प हो ।”

उहाँले विगत पाँच÷छ वर्षदेखि महेन्द्रनगरमा डेरा गरी मजदूरी काममा हिंडिरहेको जानकारी दिनुभयो । “बुबा÷आमाले पढाउन नसक्ने भनेपछि एसइईसम्मको पढाइ रोकेर म पनि मजदूरी गर्न यहाँ आएँ” अनिमाले भन्नुभयो, “बुबाले यहाँ घर निर्माणको जिम्मा लिनु हुन्छ, हामी पनि त्यहीँ ज्यालादारी गर्छौं, काम खोज्नका लागि अन्यत्र जानु पर्दैन ।” उहाँले बुबासित काम गर्दागर्दै आफूलाई पनि घर निर्माणबारे अनुभव हुन थालेको बताउनुभयो । पछिल्लो समय महेन्द्रनगर बजार र आसपासका क्षेत्रमा पूर्वाधार निर्माणमा थारु समुदायका मानिसहरु बढी संलग्न देखिन्छन् ।

त्यसैगरी बेदकोट नगरपालिका–५ धरमपुरकी जुनी चौधरी दैनिक एक घण्टा साइकल चढेर मजदूरी गर्न महेन्द्रनगर बजार पुग्छिन् । “एक दिन मजदूरी गर्न पाएन भने बेलुकी के खाने भन्ने चिन्ता हुन्छ” उहाँले भन्नुभयो, “ त्यहीँमाथि अहिले त कोरोना कहरले झन् समस्या गरिदियो ।”

दुई छोराछोरी घरमै छाडेर मजदूरीमा हिंड्ने जुनीका श्रीमान पनि मिस्त्री काम गर्छन् । धरमपुर मुक्त कमैया शिविरमा बस्दै आएका चौधरीले लामो समयदेखि आफूहरुले मजदूरी गरेर जीविका चलाउँदै आएको बताउनुभयो । “बन्दाबन्दी, कोरोनाको त्रासका बीच पनि काम गर्दैछौँ”, उहाँले भन्नुभयो, “सरकारले गरीबका लागि दिने राहत र अनुदान खै कस्ले पाउँछ थाहा छैन ।”

उहाँले गरीब निमुखा वर्गको उत्थानका लागि सरकारी तथा गैरसरकारी निकायबाट खर्च हुने रकम ग्रामीण बस्तीसम्म पुग्नुपर्ने बताउनुभयो । “अरु सीप सिके त घरमै बसेर पनि केही गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “महिलालाई आयमूलक काममा लगाउन प्रोत्साहन आवश्यक छ ।” (रासस, शेरबहादुर सिंह)