६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

६१ लाखको सुनचाँदीका गरगहना चोरीमा संलग्न तीन पक्राउ



अ+ अ-

मोरङ । विराटनगर महानगरपालिका–३ स्थित एक घरबाट चोरी गरिएको रु ६१ लाख मूल्य बराबरको सामानसहित तीन जनालाई पक्राउ गरी प्रहरीले यहाँ सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार यहाँ पत्रकार सम्मेलन गरी यही जेठ ३ गते विराटनगर–३ पीपलचौकस्थित जयकिशोर चौधरीको घरबाट २० तोला सुन र ३६ केजी चाँदी गरी जम्मा रु ६१ लाख बराबरको गरगहना चोरी गरेको आरोपमा विराटनगर महानगरपालिका–१२ बस्ने २१ वर्षीय राजकुमार कामत, सोही वडाका १९ वर्षीय विवेक कामत र श्रीकान्त दासलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

उक्त चोरीको घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट आठ जनाको टोली परिचालन गरी आरोपीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।

निजहरूलाई जेठ १० गते राति १ बजे विराटनगर–१२ कोशी प्रोजेक्टस्थित सडक खण्डमा चोरीको सामान ३५ केजी चाँदी, आठ ग्राम सुन, दुई थान मोबाइलसहित भारतको जोगबनीमा बिक्री गर्न जाने क्रममा प्रहरीले पक्राउ गरेको हो । चोरीको घटनामा अनुसन्धानमा खट्ने सात जना प्रहरी अधिकृतसहित प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । रासस