• २४ जेष्ठ २०८०, बुधबार
  •      Wed Jun 7 2023
  •   Unicode
Logo
Latest
★   विश्वमा हरेक वर्ष ४३ करोड टन प्लास्टिक बन्दै, यसबाट मानव जीवनमा के–के असर पुगेको छ… ★   ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न सम्भव छैन: अध्यक्ष यादव ★   फास्ट ट्रयाक निर्माणको बजेट रक्षा मन्त्रालयमा पठाऔँ: सांसद महासेठ ★   बजेटलाई आर्थिक र समयको अनुशासनमा बाँध्ने कोशिस भएको छ: सांसद बडू ★   सभामुखले प्रतिनिधि सभा नियमावलीको उल्लंघन गरेर बैठक चलाएको सांसद दाहालको आरोप ★   आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित होइन्: प्रधानमन्त्री दाहाल ★   नक्कली भूटानी शरणार्थी प्रकरण: प्रतिवादीतर्फको बहस जारी ★   प्रतिनिधिसभाको शून्य समय: नागरिकता विधेयकदेखि सुकुम्बासीका समस्यासम्म ★   ‘आदिपुरुष’को अन्तिम ट्रेलर सार्वजनिक ★   महिला तथा सामाजिक मामिला समिति सदस्यमा बिन्दवासिनी कंसाकार

पदबहाली गरेको एक वर्ष: सरसफाइ विशेष कार्यक्रममा सहभागी हुन बालेनको आग्रह



काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र साहले यही जेठ १३ गते शनिबार विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदबहाली गरेको एक वर्ष पूरा भएको अवसरमा सरसफाइ कार्यक्रम आयोजना गर्न, साझेदारले आयोजना गर्ने कार्यक्रममा सहयोग र समन्वय गर्न प्रमुख साहले ३२ वटै वडाका जनप्रतीनिधिहरुलाई पत्रमार्फत अनुरोध गर्नुभएको छ ।

आगामी १३ गते बिहान ७ देखि १० बजेसम्म आयोजना हुने विशेष सरसफाइ कार्यक्रममा सहभागी हुनका लागि प्रमुख साहले आग्रह गर्नुभएको हो । “विशेष सरसफाइ कार्यक्रममा वडाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीसहित वडाका सबै सरोकारवाला समेतलाई अधिकतम सहभागी गराई कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गर्नुहुनसमेत उहाँले पत्रमार्फत आग्रह गर्नुभएको छ । सरसफाइ गरिने स्थानको छनोट र आवश्यक सामग्री वडाले उपलब्ध गराउनेछन् । सङ्कलित फोहर उठाउने तथा अन्तिम व्यवस्थापन गर्ने काम वातावरण विभागले फोहर व्यवस्थापनमा काम गर्ने निजी क्षेत्रको सहयोगमा गर्नेछ ।

गत वर्ष २०७९ वैशाख ३० गते शुक्रबार स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको थियो । वैशाख ३१ गते शनिबारदेखि सुरु गरिएको काठमाडौँ महानगरपालिकाको मतगणना जेठ १३ गते शुक्रबार सकिएको थियो । शुक्रबार राति ११ बजे मत परिणाम घोषणा गरिएको थियो । त्यसको भोलिपल्ट अर्थात् जेठ १४ गते शनिबार बिहान ८ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा बधाई कार्यक्रम आयोजना गरेको थियो ।

जेठ १६ गते सोमबार कामपाका जनप्रतिनिधिहरुले बिहान १० बजे पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको थियो । सोही दिन अपराह्न ४ बजे कार्यपालिकाको पहिलो बैठकसमेत बसेको थियो ।