• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

नक्कली शरणार्थी प्रकरण: नाम आएका सबैमाथि अनुसन्धान गर्नुपर्ने नेकपा एसको माग



फाईल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका सबैमाथि अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ ।

बिहीबार पार्टी कार्यालय तीनकुनेमा बसेको केन्द्रीय सचिवालयको बैठकले शरणार्थी प्रकरणमा नाम आएका सबैमाथि अनुसन्धान गर्नुपर्नेमा जोड दिएको हो ।

पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा सरकारको नीति तथा कार्यक्रम, आगामी बजेट सरकार र प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा पनि छलफल भएको जानकारी दिए ।

त्यस्तै पार्टी अध्यक्ष माधवकुमार नेपाल शुक्रबारबाट नर्वेमा हुने माउन्ट समिटको कार्यक्रममा सहभागि हुन त्यसतर्फ जाने खतिवडाले बताए ।