१८ भाद्र २०८३, बिहीबार
,
Latest
‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा छात्रवृत्ति प्रदान



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १९८ विद्यार्थीलाई आज ‘एम्बेसेडर अफ पाकिस्तान छात्रवृत्ति’ प्रदान गर्नुभएको छ ।

नेपालस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको ११औँ वार्षिक छात्रवृत्ति पुरस्कार समारोहमा उहाँले यस वर्ष ४३ विद्यालयका १९८ उत्कृष्ट विद्यार्थीलाई एउटा ल्यापटपसहित पुरस्कृत गर्नुभएको हो ।

दूतावासका अनुसार नेपालभरका सम्बन्धित प्रधानाध्यापकहरूद्वारा छानिएका सरकारी विद्यालयका योग्य/उत्तम विद्यार्थीहरूलाई उक्त छात्रवृत्ति प्रदान गरिन्छ ।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले पाकिस्तानको निरन्तर सहयोग र दुई देशबीच विशेषगरी शिक्षाको क्षेत्रमा जनता–जनताको सम्पर्कलाई अगाडि बढाएकोमा प्रशंसा गर्नुभयो ।

दूतावासको प्रयासले दुई देशका युवाहरूलाई नजिक ल्याउन निकै लामो यात्रा गरेको उल्लेख गर्दै उहाँले यो नेपाल र पाकिस्तानबीचको घनिष्ट मैत्रीपूर्ण सम्बन्धको प्रतिबिम्ब भएको बताउनुभयो ।

कार्यक्रममा नेपालस्थित पाकिस्तानका राजदूत अबरार एच हाश्मीले छात्रवृत्ति कार्यक्रमलाई थप विस्तार गर्ने र पाकिस्तान–नेपाल द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो संकल्प र इच्छा रहेको बताउनुभयो ।

उनले नेपाली युवाको अध्ययन, खेलकुद र स्वस्थ सामाजिक गतिविधिमा प्रोत्साहन गर्नु नै दुई मुलुकबीचको सहकार्यको मुख्य आधार रहेको बताउनुभयो ।

सन् २०१३ मा सुरु भएको एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति कार्यक्रम विगतका वर्षहरूमा बढ्दै गएको र नेपाली युवाहरूमाझ लोकप्रिय बन्दै गएको दूतावासले जनाएको छ ।