• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो ★   चर्चित कथा वाचक साइग्रेसको कथा ‘अधुरो प्रेम’मा चलचित्र बन्दै ★   चितवनको इच्छाकामना पूर्णविद्युतिकरण गाउँपालिका घोषणा ★   ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक ★   यी खेलाडीका कारण चेन्नईले आरसीबीसँगको खेल गुमाउनुपर्यो ★   प्रिमियर लिगको अन्तिम खेल आज, सिटी र आर्सनल उपाधि होडमा ★   संसद बैठक २ बजेका लागि सर्‍यो ★   अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमति पत्र आवश्यक छ: मन्त्री श्रेष्ठ ★   जब प्राधिकरणले चेपाङ बस्तीमा नि:शुल्क मिटर बाँड्यो… ★   म्याक्सवेलले आरसीबीलाई १५ वर्षपछि यस्तो उपलब्धी दिलाए

नक्कली शरणार्थी प्रकरण: ११५ पीडितमध्ये ९० जनाभन्दा बढीले नगद बुझाएको विवरण पेश



file photo

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ९० जनाभन्दा बढी पीडितले नगद पैसा बुझाएको विवरण पेश गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले तयार गरेको अभियोगपत्रमा समावेश भएका ११५ पीडितमध्ये करिब २० जनाले मात्र चेक, बैंक, आईएमई जस्ता माध्यमबाट पैसा बुझाएको उल्लेख छ ।

सरकारी वकिल कार्यालयले २८ करोड ८१ लाख ७४ हजार ५० रुपैयाँको बिगो माग गरेको मध्ये १० जनाले पैसा कसरी बुझाएका थिए भन्ने केही उल्लेख छैन ।

यो प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझी, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

मुद्दा दर्ता गरिएकामध्ये १६ प्रतिवादी पक्राउ परेका छन् भने १४ फरार रहेका छन् ।