• २४ जेष्ठ २०८०, बुधबार
  •      Wed Jun 7 2023
  •   Unicode
Logo
Latest
★   नक्कली भूटानी शरणार्थी प्रकरण: प्रतिवादीतर्फको बहस जारी ★   प्रतिनिधिसभाको शून्य समय: नागरिकता विधेयकदेखि सुकुम्बासीका समस्यासम्म ★   ‘आदिपुरुष’को अन्तिम ट्रेलर सार्वजनिक ★   महिला तथा सामाजिक मामिला समिति सदस्यमा बिन्दवासिनी कंसाकार ★   कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ ★   दयाहाङ राई ‘कार्साङ’ मा अनुबन्धित ★   एमाले नेताका जिम्मेवारीमा व्यापक फेरबदल, कसलाई के जिम्मेवारी ? (अपानिसहित) ★   थन्किएर बसेको बिजुली बस प्रयोगमा ल्याउन रास्वपाका सांसद शाहको माग ★   पहिचानवादीसँग वार्ता गर्न कोशी प्रदेशमा समिति गठन ★   भारतको नयाँ संसदमा नेपाली भूमिसहितको नक्शाबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो होइन: प्रधानमन्त्री

नेप्से परिसूचक १६.४९ अंकले वृद्धि



symbolic picture

काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक १६.४९ अंकले वृद्धि भएको छ ।

पछिल्लो एक सातादेखि लगातार रुपमा उकालो लागेको नेप्से बुधवार पनि निरन्तरता पाएको छ । बुधवार नेप्से परिसूचक १६.४९ अंक बढेर १९५९.१२ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ३.५८ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंकले बढेको छ ।

बु्धवार कारोबारमा आएका २७० कम्पनीको ४८ लाख ६५ हजार कित्ता शेयर १ बर्अ ८७ करोड ३० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक बढेपनि बुधवार कारोबार रकम भने सामान्य घटेको छ । मंगलवारको कारोबारमा २ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमू्ह उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । जसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ४.६९ प्रतिशत, होटल तथा प्रशोधन उपसमूहको परिसूचक करिव साढे ४ प्रतिशत र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । तर यता फाइनान्स,जलविद्युत र मेच्यण्ड फण्ड उपसूचको भने घटेको छ ।

बुधवार नेप्से परिसूच बढेसँगै दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र यनिलिभर नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, शिवम् सिमेन्ट्स,स्वाभिमान लघुवित्त, युनाइटेड इन्स्योरेन्सको शयेर मूल्य बढेको छ । तर यता सानिमा इक्विटी फण्डको ३.७७ प्रतिशत घटेको छ। बुधवार शिवम् सिमेन्ट्स कम्पनीको १४ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।