१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

हरि बुढामगरले अपाङ्गता शब्द मानिसको सोचमा मात्रै हुने प्रमाणित गर्नुभयो: राज्यमन्त्री सिर्पाली

हरि बुढामगरले अपाङ्गता शब्द मानिसको सोचमा मात्रै हुने प्रमाणित गर्नुभयो: राज्यमन्त्री सिर्पाली
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले सगरमाथा आरोही (दुवै खुट्टा गुमाएका) हरि बुढामगरले अपाङ्गता शब्द मानिसको सोचमा मात्रै हुने प्रमाणित गर्नुभएको बताउनुभएको छ ।

बुधवार संस्कृति, पर्यटन त्था नागरिक उड्डयन मन्त्रालयमा बुढामगरसहितको आरोही टिमलाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सबै सबल भएको व्यक्तिले समेत जीवनमा असफल भइने हो की भन्ने सोच्ने गरेको उल्लेख गर्दै आरोही बुढामगरले आँट गरे असम्व केही नरहेको जिकिर गर्नुभयो । उहाँले सोचमा अपांगता भएको खण्डमा कुनैपनि काम गर्न नसकिने बताउनु भयो । राज्यमन्त्री ठकुरीले हरि बुढामगरको आरोहणले अनुसन्धानको विषय बनाएको पनि बताउनु भयो । मृतकलाई बचाउन बाहेक सबैकुरा जीवनमा आँट र इच्छाशक्ति भए सम्भव छ भन्नेकुराको प्रमाणित गरेको राज्यमन्त्री ठकुरीको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘हामी सबै कुराले सबल भएका मानिसहरु पनि जीवनमा असफल देख्ने गर्छौं । निराशाले मानिसको जीवनको अन्तिम निस्कर्ष भनेको मृत्यु हो भन्ने जस्तो पनि यो समाजमा धेरै त्यस्ता घटनाहरु पनि हामीले देख्छौँ । हरिबहादुर बुढामगरको सिंगो टिम जुन उपस्थिति छ, ऐतिहासिक कीर्तिमान कायम गरेर, सबैतिर चर्चा छ, प्रत्यक्ष परिदृश्य देख्दा समाजमा दुई कुराको अनुभुति भएको छ ।

मान्छेको सोचमा अपाङ्गता हुन्छ तर शारीरिक रुपमा हुँदैन भन्नेकुराको हरि बुढामगरलाई हेरे पुग्छ । सोचमा अपांगता ल्यायौँ भने कुनैपनि चिजमा सफलता पाउन सक्दैनौँ । आरोहण सम्पन्न गर्न नयाँ खुट्टाको आविष्कार गरियो भन्ने जुन कुरा आएको छ, यसले उहाँको सफल आरोहणले अनुसन्धानको विषय बनाएको छ । अब हामी खोज पनि गर्छौं की जीवनमा सबैकुरा सम्भव छ । मृतकलाई बचाउन बाहेक अन्य सबै काम गर्न सकिन्छ भन्ने सन्देश उहाँले दिनुभएको छ ।’

सम्मानग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सगरमाथा आरोही हरि बुढामगरले हिमाल चढ्न शुरुमा अनुमति लिन जाँदा नदिएको सरकारले आज सम्मान गरिरहँदा धेरै खुशी लागेको बताउनु भयो । उहाँले आफ्नो आरोहणसँगै विश्वमा नै नेपालमा शारीरिक अशक्त भएकाहरुलाई पनि हिमाल आरोहणका लागि स्वागत छ भन्ने सन्देश गएको बताउनु भयो । उहाँले शारीरिक अशक्त भएका व्यक्तिहरुलाई अझै जीवन र केही नयाँ गर्न आँट र इच्छाशक्ति चाहिन्छ भन्ने सन्देश गएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिला म यही अफिसमा हिमाल चढ्न अनुमतिका लागि आएको थिएँ, एउटा नियम परिवर्तन गर्न भन्दै आएको थिएँ भने अहिले एउटा सम्मानित हुन आएको छु । रिजेक्ट गरेको अफिसले अहिले बोलाएर सम्मान गर्दा खुशी लागेको छ । यो मेरो मात्र नभइ सम्पूर्ण अपांगता भएका व्यक्तिको सम्मान हो । नेपालमा सबैलाई स्वागत छ भन्नेकुरा यहाँबाट सन्देश गएको छ । पहिला ब्याण्ड हुँदा नेपालमा स्वागत छैन जस्तो म्यासेज गएको थियो, यसले सबैलाई स्वागत छ भन्नेकुराको सन्देश दिएको छ । गरेपछि हुँदो रहेछ भन्ने भएको छ । यसले नेपालमा भएका र संसारमा अपांग भएका व्यक्तिहरुले जिन्दगी सकिएको छैन, केही न केही गर्न सकिन्छ भन्ने म्यासेज गएको छ ।’

आरोही बुढामगरले सगरमाथा आरोहणका लागि पहिला सानासाना हिमालहरुको आरोहण गरेर मात्रै जान सुझाव दिनुभयो ।