• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै ★   १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ :… ★   आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह ★   प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने ★   प्रतिनिधि सभाको बैठक आज बस्दै, के गर्ला कांग्रेसले ? ★   विधिमा होइन, बलमिच्याइँमा संसद् ★   संवाहिका समाज नेपालद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक ★   काठमाडौंका मेयर बालेनविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा ★   गुजरात र हैदराबादको खेल वर्षाका कारण रोकिएपछि हैदराबाद आईपीएलको प्लेअफमा ★   संसदमा जे देखियो- फोटो फिचर

तीन महिनापछि संसद्मा चन्द्र भण्डारी



काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी तीन महिनापछि प्रतिनिधिसभाको बैठकमा उपस्थित हुनुभएको छ । गत फागुन ४ मा घरमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा फागुन ४ गते जलेर गम्भीर घाइते हुनुभएका उहाँ भारतमा उपचार गराएर केही दिनअघिमात्र फर्किनुभएको थियो ।

बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले उहाँका लागि बोल्न १२ मिनेटको समय दिनुभएको थियो । उहाँलाई बसेरै बोल्ने व्यवस्था मिलाइएको थियो ।

संसद्मा उहाँले आफू कीर्तिपुर जाँदा निदाएको र मुम्बईमा सात दिनपछि ब्युँझिएको बताउनुभयो । “ब्युँझँदा धेरै साथीहरूले सहयोग गरेको पाएँ, त्यो सहयोगको सम्मान गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग होस्”, उहाँले भन्नुभयो ।

सांसद भण्डारीले अरु देशका भन्दा नेपालका स्वास्थ्यकर्मी र डाक्टरहरू कम नभएको भन्दै आफ्नो उपचारमा सघाउने सरकारप्रति आभार व्यक्त गर्नुभयो ।

भारतबाट फर्किएपछि पत्रकार सम्मेलनमा उहाँले आधुनिक जलन उपचार केन्द्र निर्माण गर्न जोड दिनुभएको थियो । उहाँले त्यसका लागि आफू नेतृत्व लिन तयार रहेको बताउनुभएको थियो । उहाँको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको थियो ।

“छिमेकी देशमा मलाई पठाएर मैले त्यहाँ मलाई डाक्टरहरुले भन्नुभयो । विगतको तीन वर्षमा तीनजना मात्रै भेन्टिलेरमा गएर बाँचेका रहेछन् । म सौभाग्यले बाचेर आएर यहाँ बोल्न पाइरहेको छु”, उहाँले भन्नुभयो ।

सांसद भण्डारीका अनुसार उहाँले उपचार गराएको बाउछोराले चलाएको अस्पताल एसियाकै उत्कृष्ट रहेको र नेपालमा यसको कमी नरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “मैले प्रधानमन्त्रीलाई अनुरोध गरेको छु, हामीले एउटा हस्पिटल बनायौँ भने एसियाको सबैभन्दा सबल हस्पिटल नेपाल बन्नसक्छ । यो अनुरोध प्रधानमन्त्रीलाई गर्ने अवसर पाएँ ।”