• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo

अनुसन्धानका कागजात बाहिर आएकोबारे गृहमन्त्रीको प्रहरी आईजीपीसँग छलफल



फाईल फोटो

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको क्रममा भेटिएका विषय बाहिर चुहिएको बारेमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी आईजीपी वसन्त कुँवरसँग छलफल गर्नुभएको छ ।

गृह मन्त्रालयमा आयोजित छलफलमा अनुसन्धानको क्रममा भेटिएको तत्कालीन गृह सचिव टेकनारायण पाण्डे र केशवप्रसाद दुलालको बीचमा भएको ‘च्याट’ बाहिरिएकोबारे छलफल भएको थियो ।

दुलालले गृहसचिव पाण्डेसँग तत्कालीन उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरसँग भेट्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । दुलाल र पाण्डेबीचको म्यासेजमा दुलाल र पाण्डेको बिचमा कुँवरलाई आर्थिक ‘सपोर्ट’ गर्ने विषयमा भएको कुरा बाहिरिएको छ ।